काठमाडौं। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र नेकपा वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच आज दिउँसो भेटवार्ता भएको हो। भेटवार्तापछि नेता नेपाल बालुवाटारबाट बाहिरिइसकेका छन्।

‘उहाँहरूबीचको भेटवार्ता सकियो, कुन विषयमा छलफल भयो भन्ने जानकारी छैन”, बालुवाटार स्रोतले भन्यो।

आजै बिहान नेता नेपालसहित नेकपाका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहालले खुमलटारमा छलफल गरेका थिए।

खुमलटारको छलफलमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेकपा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा पनि सहभागी थिए।

खुमलटारको छलफलपछि दाहाल एउटा कार्यक्रमका लागि चितवन पुगेर त्यतैबाट सिन्धुपाञ्चोलकको सुकुटे रिसोर्ट पुगेका छन्।

प्रधानमन्त्री ओलीसँगको भेटमा नेता नेपालले बिहान खुमलटारमा भएको छलफलबारे जानकारी गराएको एक नेताले बताए।

१४ फागुनमा बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको थियो।

त्यसैदिन दिउँसो प्रधानमन्त्री ओलीले नेता नेपाललाई बालुवाटार बोलाएर आफूलाई ‘पेलेको’ भन्दै ‘बामदेवलाई राष्ट्रिय सभामा पठाउने निर्णय मान्दिनँ’ भनेको खबर सार्वजनिक भएका थिए।

बामदेव प्रकरणपछि नेकपाका दुई अध्यक्षबीच विश्वासको संकट देखिन थालेको विश्लेषण भइरहेका बेला हिजो १५ फागुनमा नेकपाका दुबै अध्यक्ष र वरिष्ठ नेता नेपाल एउटै मञ्चमा देखिएका थिए।

" /> काठमाडौं। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र नेकपा वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच आज दिउँसो भेटवार्ता भएको हो। भेटवार्तापछि नेता नेपाल बालुवाटारबाट बाहिरिइसकेका छन्।

‘उहाँहरूबीचको भेटवार्ता सकियो, कुन विषयमा छलफल भयो भन्ने जानकारी छैन”, बालुवाटार स्रोतले भन्यो।

आजै बिहान नेता नेपालसहित नेकपाका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहालले खुमलटारमा छलफल गरेका थिए।

खुमलटारको छलफलमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेकपा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा पनि सहभागी थिए।

खुमलटारको छलफलपछि दाहाल एउटा कार्यक्रमका लागि चितवन पुगेर त्यतैबाट सिन्धुपाञ्चोलकको सुकुटे रिसोर्ट पुगेका छन्।

प्रधानमन्त्री ओलीसँगको भेटमा नेता नेपालले बिहान खुमलटारमा भएको छलफलबारे जानकारी गराएको एक नेताले बताए।

१४ फागुनमा बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको थियो।

त्यसैदिन दिउँसो प्रधानमन्त्री ओलीले नेता नेपाललाई बालुवाटार बोलाएर आफूलाई ‘पेलेको’ भन्दै ‘बामदेवलाई राष्ट्रिय सभामा पठाउने निर्णय मान्दिनँ’ भनेको खबर सार्वजनिक भएका थिए।

बामदेव प्रकरणपछि नेकपाका दुई अध्यक्षबीच विश्वासको संकट देखिन थालेको विश्लेषण भइरहेका बेला हिजो १५ फागुनमा नेकपाका दुबै अध्यक्ष र वरिष्ठ नेता नेपाल एउटै मञ्चमा देखिएका थिए।

"> प्रधानमन्त्री ओली र नेकपा नेता नेपालबीच भेटवार्ता: Dekhapadhi
प्रधानमन्त्री ओली र नेकपा नेता नेपालबीच भेटवार्ता
काठमाडौं। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र नेकपा वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच आज दिउँसो भेटवार्ता भएको हो। भेटवार्तापछि नेता नेपाल बालुवाटारबाट बाहिरिइसकेका छन्।

‘उहाँहरूबीचको भेटवार्ता सकियो, कुन विषयमा छलफल भयो भन्ने जानकारी छैन”, बालुवाटार स्रोतले भन्यो।

आजै बिहान नेता नेपालसहित नेकपाका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहालले खुमलटारमा छलफल गरेका थिए।

खुमलटारको छलफलमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेकपा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा पनि सहभागी थिए।

खुमलटारको छलफलपछि दाहाल एउटा कार्यक्रमका लागि चितवन पुगेर त्यतैबाट सिन्धुपाञ्चोलकको सुकुटे रिसोर्ट पुगेका छन्।

प्रधानमन्त्री ओलीसँगको भेटमा नेता नेपालले बिहान खुमलटारमा भएको छलफलबारे जानकारी गराएको एक नेताले बताए।

१४ फागुनमा बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको थियो।

त्यसैदिन दिउँसो प्रधानमन्त्री ओलीले नेता नेपाललाई बालुवाटार बोलाएर आफूलाई ‘पेलेको’ भन्दै ‘बामदेवलाई राष्ट्रिय सभामा पठाउने निर्णय मान्दिनँ’ भनेको खबर सार्वजनिक भएका थिए।

बामदेव प्रकरणपछि नेकपाका दुई अध्यक्षबीच विश्वासको संकट देखिन थालेको विश्लेषण भइरहेका बेला हिजो १५ फागुनमा नेकपाका दुबै अध्यक्ष र वरिष्ठ नेता नेपाल एउटै मञ्चमा देखिएका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्