राप्रपा अध्यक्ष थापाले भने- ‘धर्म परिवर्तन गराउने गिरोह सक्रिय भए’
<p>इटहरी। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेपाललाई हिन्दू राष्ट्र घोषणा गराउन राप्रपाले अहिले देशव्यापीरूपमा विभिन्न कार्यक्रम गर्दै आएको बताएका छन्।</p>
<p>मिडिया नेपाल प्रदेश १ समितिले आज सुनसरीको इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपालमा अहिले धर्म परिवर्तन गराउने गिरोह सक्रिय भएर लागिपरेको हुँदा यसतर्फ सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।</p>
<p>पार्टी अध्यक्ष थापाले सातै प्रदेशमा संगठन विस्तारदेखि पार्टीभित्र देखिएका आन्तरिक कलहलाई हटाउनमा जोड दिएका छौं भन्दै पार्टी सुदृढीकरणमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको बताए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्