काठमाडाैं। प्रतिनिधिसभा, कानून, न्याय तथा मानवअधिकार समितिले मुलुकका सातै प्रदेशमा रहेका कारागारको भौतिक पूर्वाधार र कैदीको मानव अधिकारको अवस्थाका सम्बन्धमा अनुगमन गर्ने भएको छ।

समितिले त्यसका लागि सातै प्रदेशमा सातवटै संसदीय टोलीमार्फत् यथाशीघ्र छिटो अध्ययन/अनुगमनको तयारी भइरहेको सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए। टोलीले मोरङ, इलाम, पर्सा, महोत्तरी, कास्की, बागलुङ, रुपन्देही, दाङ, सुर्खेत, मुगु, कैलाली, डलेल्धुरा, चितवन र काठमाडौंको केन्द्रीय कारागारको अनुगमन गर्नेछ। प्रदेशगतरूपमा नमूना छनाेटका आधारमा कम्तीमा दुई/दुई कारागारको अनुगमन गर्ने निर्णय भएको सभापति पाेखरेलले जानकारी दिए।

बैठकमा सांसद् मातृका यादवले सुधारगृहका रूपमा रुपान्तरण गर्ने भनिए पनि कारागार अहिले अपराधी उत्पादन गर्ने थलो भइरहेको बताए। उनले भने, “जेललाई सुधारगृह बनाउने भनिएको छ, तर अहिलेसम्म पटक्कै सुधार भएको छैन, सबैभन्दा ठूलो अपराधी चौकीदार बन्दोरहेछ, त्यहाँ डेमोक्रेसी छैन, अत्याचार अन्त्य गर्न जेलमा चुनाव हुनपर्छ।”

राजनीतिक परिवर्तनका लागि विभिन्न समयमा गरी सात वर्ष जेल जीवन व्यतित गरेको घटना सुनाउँदै उनले भने, “ठूलो अपराधमा जेल सजाय भोगेको चौकीदार, नाइके र भाइनाइकेले अरूमाथि मरणासन्न हुने गरी हातपात र अन्याय गर्ने प्रवृत्ति जेलमा छ, त्यसलाई अन्त्य गर्नुपर्छ। कानून र गृहमन्त्रीबीच छलफल गरी अब जेलमा प्रतिनिधि छान्न चुनाव गराउनेतर्फ समितिले अग्रसरता लेओस्।”

नेपालका जेल निकै कठिन अवस्थामा रहेको बताउँदै सभापति पोखरेलले भने, “त्यहाँ मानवअधिकारको पूर्ण प्रत्याभूति छैन भन्ने प्रश्न उठेको छ, २०० क्षमता भएको जेलमा आठनौ सयको संख्यामा कैदी छन्। कानूनी सहायताको पक्ष पनि त्यति प्रभावकारी छैन। स्वास्थ्य उपचारको पक्ष पनि कमजोर छ।” सातै प्रदेशका दुई/दुईवटा जेलको अवलोकन गरी ल्याएको प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई निर्देशन दिइनेछ।

मुलुकका कारागारलाई सुधारगृहका रूपमा स्थापित गर्ने भन्ने मान्यता नेपालको दण्ड प्रणाली समावेश गरिएको छ। बैठकमा मुलुकी संहिता, देवानी संहितालगायतका कानून कार्यान्वयमा आएपछि देखिएका समस्या सम्बोधन गर्न ती कानून संशोधन हुनुपर्छ भन्ने कोणबाट चौतर्फीरूपमा कुरा उठेका बारेमा समितिका सदस्यलाई जानकारी गराइएको थियो।

सरकारले छिटोभन्दा छिटो समयसापेक्ष संशोधन विधेयक प्रस्तुत गर्न ध्यानाकर्षण गराउने संसदीय समितिले निर्णय गरेको छ। महान्यायाधिवक्ता कार्यालयले ती कानूनले पारेको अप्ठ्यारोका विषयमा संसदीय समितिको ध्यानाकर्षण गराएको थियो।

बैठकमा केही सांसद्ले केही जातीय विभेद्का घटनामा राष्ट्रसेवक कर्मचारी नै संलग्न रहेको गरेको भन्ने कोणबाट उजुरी आएको हुँदा त्यस्ता कार्यमा संलग्नलाई कानूनी दायरामा ल्याउन गृह मन्त्रालयको ध्यानाकर्षण गराउन आवश्यक रहेको बारेमा समितिको गम्भीर ध्यानाकर्षण गराएका थिए।

सो अवसरमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङफेले समितिमा भएको छलफलका आधारमा कारागार अझै पनि पञ्चायतीकाललाई नै स्मरण गराउने खालको रहेको देखिएकाले व्यापक सुधारको खाँचो औँल्याइन्। “समितिका सदस्यको अनुभव सुन्दा त्यतिबेलाको तुलनामा अहिले पनि खासै परिवर्तन भएको जस्तो अनुभूति भएन, संसदीय समितिबीचका काम कारबाही र निर्देशनमा पनि दोहोरो नहोस्”, उनले भनिन्। रासस

" /> काठमाडाैं। प्रतिनिधिसभा, कानून, न्याय तथा मानवअधिकार समितिले मुलुकका सातै प्रदेशमा रहेका कारागारको भौतिक पूर्वाधार र कैदीको मानव अधिकारको अवस्थाका सम्बन्धमा अनुगमन गर्ने भएको छ।

"> मातृका यादवले भने- ‘कारागार अपराधी उत्पादन गर्ने थलो भइरहेको छ’: Dekhapadhi
मातृका यादवले भने- ‘कारागार अपराधी उत्पादन गर्ने थलो भइरहेको छ’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्