पत्रकार आचार्यको निधन

कलेजोको रोगबाट पीडित आचार्यको उपचारको क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

लामो समय नेपाल टेलिभिजनको समाचार प्रमुख भएका आचार्य अवकाश पाउँदा नायब महाप्रबन्धक थिए ।

नेपाल टेलिभिजनबाट अवकाश पाएपछि आचार्य न्यूज–२४ टेलिभिजनको समाचार प्रमुखको रूपमा कार्यरत थिए ।

आचार्यको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

पत्रकारिताको अध्यापनमासमेत सक्रिय आचार्यका श्रीमती र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्