काठमाडौं। सरकारले उज्यालो नेपाल अभियान अन्तर्गत तीन वर्षभित्र देशभर विद्युतको पहुँच पुर्याउने उद्देश्यले मिनिग्रिड (वैकल्पिक उर्जा)मार्फत विद्युत उत्पादन गर्ने विशेष कार्यक्रम शुरू गरेको छ।
सरकारले यसै आर्थिक वर्षको नीति तथा कार्यक्रममा विद्युत नपुगेका सबै जिल्लामा विद्युत पुर्याउनको लागि मिनिग्रिड विशेष कार्यक्रम ल्याएको थियो।
वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले आज काठमाडौंमा एक कार्यक्रम आयोजना गरी उक्त मिनिग्रिड आयोजनाको खरीद प्रक्रिया शुरू गरेको हो।
कार्यक्रममा उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री वर्षमान पुनले यसै आर्थिक वर्षभित्र ४० जिल्लाका सबै घरमा विद्युतीकरण भइसक्ने बताए।
देशभर विद्युत् पुर्याउने उद्देश्यले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले ‘मिनीग्रिड विशेष कार्यक्रम सञ्चालन नियमावली–२०७६’ लागू गरेको छ।
राष्ट्रिय प्रशारण लाईन तत्काल पुग्न नसक्ने ठाउँमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले नेपाल विद्युत प्राधिकरणसँग सहकार्य गरी मिनिग्रिड जोडेर विद्युतीकरण गर्ने बताएको छ।
यस कार्यक्रम अन्र्तगत नवलपरासी जिल्ला स्थित नेपाल भारत सिमामा पर्ने सुस्तामा १०० किलोवाट र रोल्पाको थवाङ्ग गाउँपालिकामा १५० किलोवाट क्षमताको सौर्य मिनीग्रिड आयोजनाहरुको निर्माण प्रक्रिया शुरू भईसकेको केन्द्रका प्रमुख कार्यकारी अधिकृत मधुसुधन अधिकारीले बताए।
त्यसैगरी, १२ वटा मिनिग्रिड आयोजनाको खरीद प्रक्रिया पनि आजैबाट शुरू भएको अधिकारीले बताए। अहिले देशका विभिन्न भागमा २० वटाभन्दा बढी सौर्य तथा मिनिग्रिडबाट ८०० किलोवाट विद्युत् उत्पादन भइरहेको अधिकारीले बताए।
त्यस्तै, देशभर ४५ भन्दा बढी मिनीग्रिड आयोजनाहरुलाई कार्यान्वयनका लागि आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न भएको उनले जानकारी दिए।
" /> काठमाडौं। सरकारले उज्यालो नेपाल अभियान अन्तर्गत तीन वर्षभित्र देशभर विद्युतको पहुँच पुर्याउने उद्देश्यले मिनिग्रिड (वैकल्पिक उर्जा)मार्फत विद्युत उत्पादन गर्ने विशेष कार्यक्रम शुरू गरेको छ।सरकारले यसै आर्थिक वर्षको नीति तथा कार्यक्रममा विद्युत नपुगेका सबै जिल्लामा विद्युत पुर्याउनको लागि मिनिग्रिड विशेष कार्यक्रम ल्याएको थियो।

">