काठमाडौं। सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद गर्दा कमिसनमा मोलमोलाई गर्दै गरेको अडिओ बाहिरिएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ७ फागुनमा राजीनामा दिएका थिए।
पूर्वमन्त्री बाँस्कोटाले आज काठमाडौं जिल्ला अदालतमा उक्त अडिओ रेकर्ड गर्ने र त्यसलाई सार्वजनिक गर्ने विजयप्रकाश मिश्रका विरुद्ध गालीबेइज्जती मुद्दा दायर गरेका छन्।
उनले दर्ता गराएको फिराद पत्रमा मिश्रलाई पाँच वर्ष कैद र ५० हजार जरिवाना गर्न माग गरिएको छ। बाँस्कोटाले मिश्रलाई मुलुकी अपराध संहिताका तीन वटा छुट्टाछुट्टै दफा अनुसार कारबाही गर्न माग गरेका छन्। उनले संहिताको दफा २९३(२) अनुसार मिश्रमाथि कारबाही हुनुपर्ने दाबी लिएका छन्।
संहिताको यो दफामा अर्काको कुरा सुन्न वा ध्वनी अंकन गर्न नहुने र सम्बन्धित व्यक्तिको मञ्जुरीबिना कुनै उपकरणले त्यसरी ध्वनी अंकन गर्नेलाई दुई वर्षसम्म कैद र २० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
त्यस्तै, दफा ३०५ (३) अनुसार पनि बाँस्कोटाले मिश्रमाथि कारबाही माग गरेका छन्। उक्त दफामा कसैले कसैलाई गाली गर्न नहुने र त्यो गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र १० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
मिश्रलाई सोही संहिताको दफा ३०७ (१) अनुसार पनि कारबाही गर्नुपर्ने बाँस्कोटाको माग छ। उक्त दफामा कसैले कसैको बेइज्जती गरे वा गराएमा दुई वर्षसम्म कैद र २० हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।
यसरी बाँस्कोटाले दिएको फिराद पत्रमा मिश्रलाई पाँच वर्षसम्म कैद वा ५० हजार रूपैयाँसम्म जरिवाना वा दुबै सजाय गर्न माग गरेका छन्।
साथै, उनले प्रचलित कानून बमोजिम आफूले क्षतिपूर्ति पाउनुपर्ने पनि दाबी गरेका छन्। यसरी परेको मुद्दाको अन्तिम किनारा नलाग्दासम्म अदालति प्रक्रियामा हुने आफ्नो सम्पूर्ण खर्च पनि मिश्रबाटै भराइदिने आदेश गर्न पनि बाँस्कोटाले अदालतसमक्ष माग गरेका छन्।
यस्तो छ फिरादपत्र
पढ्नुहोस्
गालीबेइज्जती गरेको भन्दै गोकुल बाँस्कोटा पुगे अदालत
" /> काठमाडौं। सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद गर्दा कमिसनमा मोलमोलाई गर्दै गरेको अडिओ बाहिरिएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ७ फागुनमा राजीनामा दिएका थिए।पूर्वमन्त्री बाँस्कोटाले आज काठमाडौं जिल्ला अदालतमा उक्त अडिओ रेकर्ड गर्ने र त्यसलाई सार्वजनिक गर्ने विजयप्रकाश मिश्रका विरुद्ध गालीबेइज्जती मुद्दा दायर गरेका छन्।

">