काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आज चितवन पुगेर भने- “पार्टी उपाध्यक्ष बामदेव गौतम नै राष्ट्रिय सभा सदस्यमा मनोनित हुनुहुन्छ, प्रधानमन्त्रीले उहाँलाई नै सिफारिस गर्नुहुन्छ।”

चितवनमा यस्तो भनेको केही घण्टामै दाहाल त्यहीँबाट हेलिकप्टर चढेर सिन्धुपाल्चोकको सुकुटे रिसोर्ट पुगेका छन्। सुकेटेसँग दाहालको पुरानो सम्बन्ध छ। हिंसात्मक विद्रोह त्यागेर शान्तिपूर्ण राजनीतिमा आएपछि सरकारको नेतृत्वमा रहँदा होस् या सरकारबाहिर, केही अप्ठेरोमा पर्दा वा तनाव बढ्दा दाहाल ‘रिफ्रेस’ हुन सुकुटे नै पुग्ने गरेका छन्।

यसपालि दाहाल भोलि, १७ फागुनमा आयोजना हुने महोत्सव उद्घाटनका लागि सुकुटे गएको उनको सचिवालयको दाबी छ। तर, भोलि हुने महोत्सव उद्घाटनका लागि अघिल्लै दिन, त्यो पनि चितवनबाट हेलिकप्टर चढेर दाहाल सुकुटे पुग्नु अर्थपूर्ण छ।

निकटस्थहरूका भनाइमा दाहाल अहिले तनाव र छटपटीमा छन्। र, त्यो तनावको कारण हो– ‘बामदेव प्रकरण’ले नेकपामा ल्याएको हलचल।

१४ फागुनको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्न सरकारलाई प्रस्ताव गर्ने निर्णय गरेको थियो। बर्दिया–१ बाट २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पराजित गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णयलगत्तै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली असन्तुष्ट देखिए।

उनले आफूनिकट नेताहरूसँग ‘यो निर्णय कार्यान्वयन गर्न नसक्ने’ बताएको खबर बाहिरिएसँगै नेकपाभित्र शक्तिसंघर्षको उच्चतम रूप देखापर्‍यो। कतिसम्म भने ‘सचिवालयको निर्णय कार्यान्वयन नगरे ओलीले सरकार र पार्टीको नेतृत्व छाड्नुपर्ने’सम्मका अभिव्यक्ति सार्वजनिक भए, झलनाथ खनाललगायतका नेताबाटै।

प्रधानमन्त्री ओलीले सचिवालयको प्रस्तावअनुसार गौतमलाई राष्ट्रिय सभामा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्छन् या गर्दैनन् भन्ने विषय अहिले बहुप्रतिक्षित छ। अर्थमन्त्री डा. युवराज खतिवडालाई आफ्नो मन्त्रिपरिषदमा निरन्तरता दिन चाहेका प्रधानमन्त्री ओली यहीकारण गौतमको प्रस्ताव कार्यान्वयन नगर्ने निर्क्योलमा पुगेको बताइन्छ।

ओलीलाई नेपालले के सुझाव दिए भन्ने त प्रष्ट छैन तर, सचिवालयले निर्णय गरेको दिनभन्दा परिस्थिति बदलिएको छ।

अर्थमन्त्री खतिवडाको राष्ट्रिय सभा सदस्यको पदावधि २० फागुनमा सकिँदैछ। प्रधानमन्त्री ओली राष्ट्रपतिबाट मनोनित हुने त्यही पदमा खतिवडालाई निरन्तरता दिन चाहन्छन्। गौतमलाई त्यही पदमा प्रस्ताव गर्ने आफ्नै पार्टीको सचिवालयको निर्णय कार्यान्वयन नहुँदा (नगर्दा) पैदा हुने जटिलता आकलन गरेरै हुनसक्छ, प्रधानमन्त्री ओलीले यसबीचमा तीन दिनमा दुईपटक नेकपाका अर्का नेता माधवकुमार नेपालसँग छलफल गरिसकेका छन्।

ओलीलाई नेपालले के सुझाव दिए भन्ने त प्रष्ट छैन तर, सचिवालयले निर्णय गरेको दिनभन्दा परिस्थिति बदलिएको छ। औपचारिक रूपमा आफैंले कुनै अभिव्यक्ति नदिए पनि प्रधानमन्त्री ओलीले ‘आफूलाई पेल्न गरेको निर्णय कार्यान्वयन नगर्ने’ स्पष्ट सन्देश दाहाललगायत सचिवालय सदस्यहरूलाई दिइसकेका छन्। सम्भवतः यसकै दबाबमा परेका छन्, दाहाल।

“बामदेवजीलाई राष्ट्रिय सभामा ल्याउनलाई अवलम्बन गरिएको तरिका नै गलत थियो, गलत तौरतरिकाले राम्रो नतिजा दिने कुरै हुन्न”, नेता नेपालनिकट एक स्थायी समिति सदस्यले देखापढीसँग भने, “पहिले उहाँ राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्नेगरी संविधान संशोधन गरेमात्र जान्छु भन्नुभो, फेरि यत्तिकै पनि जान्छु भनेर लाग्नुभो। यो यत्तिकै आएको कुरा होइन भनेर प्रधानमन्त्री झस्किनुभएको छ।”

षडयन्त्र’ भएको ओलीको निचोड

१० फागुनमा बसेको नेकपा सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन संविधान संशोधनको गृहकार्य गर्नेगरी कार्यदल गठन गरेको थियो। त्यो बैठकमा यस्तो प्रस्ताव पेस हुँदा त्यसविरुद्ध बोल्ने सचिवालय सदस्य, गृहमन्त्री रामबहादुर थापा मात्र थिए। बैठकमा सहभागी एक नेताका अनुसार थापाले त्यसक्रममा नेताहरूलाई भनेका थिए– ‘यस्तो अनैतिक काम पनि गर्ने हो?”

थापा त्यतिमै रोकिएनन्। उनले बैठकमै भनेका थिए- “हामीले गर्दा दलालहरूको स्वर्गमा आगलागी भएको छ।”

१० फागुनको कार्यदल गठनसम्बन्धी निर्णयविरुद्ध आम आक्रोशसमेत प्रकट भएपछि नेकपाले त्यसलाई अघि बढाएन। तर, गौतमलाई राष्ट्रिय सभा सदस्यमा प्रस्ताव गर्ने निर्णय भने पार्टीभित्रै ठूलो संकट बनेको छ।

नेकपाका नेताहरू सचिवालयको निर्णयले नेतृत्व तहमा पैदा भएको तनावपूर्ण अवस्था छिटै साम्य हुने दाबी गरिरहेका छन्। उनीहरूका भनाइमा अर्थमन्त्री डा. खतिवडाको निरन्तरता र गौतमको राष्ट्रिय सभामा प्रवेश– दुवै सुनिश्चित हुनेगरी समाधान खोज्ने प्रयास भइरहेको छ।

“झलनाथ कमरेडलाई भावी राष्ट्रपति, बामदेवलाई प्रधानमन्त्री र माधव कमरेडलाई केपी ओलीको अहिलेको पोजिसनमा पुर्‍याउँछु भन्ने आश देखाइएको रहेछ, सँगसँगै विष्णु पौडेललाई अर्थमन्त्री बनाउँछु भनिएको रहेछ”, वरिष्ठ  माधव नेपालनिकट एक स्थायी समिति सदस्यले भने।

“नेताहरूबीच अहिले व्यक्तिगत तहमा कुराकानी भइरहेका छन्, अब एउटा निचोड निस्केपछि सचिवालय बैठक बसेर के गर्ने भन्ने निर्णय हुन्छ”, नेपालनिकट ती स्थायी समिति सदस्यले भने।

दाहालले पनि आज चितवन पुगेर ‘अर्थमन्त्रीलाई निरन्तरता दिने र बामदेवलाई पनि राष्ट्रिय सभामा लैजाने’ उपाय रहेको बताएका छन्।

तर, मुख्यतः दाहालकै योजनामा पटाक्षेप भएको ‘बामदेव प्रकरण’को असर नेकपामा यत्तिकै साम्य भइहाल्ने देखिँदैन। त्यसको संकेत मुख्यतः प्रधानमन्त्री ओलीले आफूनिकट नेताहरूमार्फत् गरिसकेका छन्।

ओलीनिकट नेकपाका एक स्थायी समिति सदस्यका अनुसार यो प्रकरण निम्त्याउन दाहालले नेकपाभित्र दुईथरी (आश र त्रासको) डण्डा एकसाथ चलाएको प्रधानमन्त्री ओलीको निर्क्योल छ। “झलनाथ कमरेडलाई भावी राष्ट्रपति, बामदेवलाई प्रधानमन्त्री र माधव कमरेडलाई केपी ओलीको अहिलेको पोजिसनमा पुर्‍याउँछु भन्ने आश देखाइएको रहेछ, सँगसँगै विष्णु पौडेललाई अर्थमन्त्री बनाउँछु भनिएको रहेछ”, ती सदस्यले भने।

यसमा आश भन्दा पनि दाहालले देखाएको त्रासले सबभन्दा धेरै काम गरेको उनको दाबी छ।

दाहालले सबभन्दा ठूलो त्रासका रूपमा अगाडि सारेको विषय हो- आफूबिरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा परेको क्यान्टोन्मेन्टको अनियमितता सम्बन्धी उजुरी।

दाहाल प्रधानमन्त्री छँदै यसबारे अख्तियारमा उजूरी परेको थियो। पछिल्लो पटक उनी प्रधानमन्त्रीका रूपमा भारत भ्रमणमा रहेका बेला तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीले यसबारे छानबिन अघि बढाउन लागिएको घोषणा गरेका थिए।

“जतिखेर पनि यो उजुरी ब्युँताएर मलाई अप्ठेरोमा पार्न सक्छन् भन्ने कुरा उहाँले राख्नुभएको रहेछ”, ती सदस्यले भने, “अनि माधव कमरेडलाई ललिता निवासको जग्गा छानबिन तपाईंलाई फसाउनकै लागि अगाडि बढाइएको हो भन्नु भएछ, त्यसैगरी झलनाथ कमरेडलाई पनि छोराको मुद्दा देखाएर तर्साइएको रहेछ।”

प्रधानमन्त्री ओलीको दाहालप्रतिको आशंका र अविश्वास कतिसम्म बढेको छ भन्ने यसबीचमा सार्वजनिक अरु कतिपय भनाइहरूले थप प्रष्ट्याउँछन्। ओलीले आफूनिकट नेताहरूलाई ‘केही धनाढ्य व्यापारीहरूसँग साँठगाँठ गरेर दाहालले अर्थमन्त्री हटाउने र आफूलाई अप्ठेरोमा पार्ने डिजाइन रचेको’ बताएका छन्, जुन केही सञ्चारमाध्यममार्फत् सार्वजनिक पनि भएको छ।

“केही व्यापारीले सरकार ढाल्नका लागि सांसद किन्नुपर्‍यो  भने पनि हामी तयार छौं भनेर प्रचण्ड कमरेडलाई आश्वासन दिएको भन्ने सूचना पनि प्रधानमन्त्रीसम्म पुगेको रहेछ”, पूर्वमाओवादीसम्बद्ध नेकपाका एक नेताले भने।

यसमा अझ रोचक अर्को कुरा छ। तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ् प्रेस खरीद प्रक्रियामा ७० करोड कमिसन मागेको भन्ने अडिओ सार्वजनिक भएलगत्तै दाहाल प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। “त्यसक्रममा दाहालले ‘यो सामान्य कुरा हो, यस्तो आरोप लागिरहन्छ, हतारिएर केही गर्नुपर्दैन’ भन्नुभएको रहेछ”, प्रधानमन्त्री ओलीनिकट नेकपाका एक नेताले भने, “यो सल्लाहपछि नै प्रधानमन्त्री उहाँसँग झस्किन थाल्नुभएको हो।”

एक्लिँदै दाहाल !

नेकपाभित्र ‘बामदेव प्रकरण’को औपचारिक अवतरण कसरी हुन्छ भन्ने निर्क्योल हुन बाँकी छ। केही नेताहरू सरकार र पार्टीबीचमै टकराब बढ्न सक्ने आकलन गरेर यसलाई ‘बीचको बाटो’ सुल्झाउने प्रयासमा लागेका छन्।

प्रधानमन्त्री ओलीले आफूनिकट नेताहरूलाई भन्न थालेका छन्- ‘पार्टी र सरकारको नेतृत्व नै बुझाउनु पर्‍यो भने पनि म माधव नेपाललाई बुझाउँछु, दाहाललाई किन बुझाउँला!’

यो प्रकरणको शुरूआत हुँदा सबभन्दा अप्ठेरोमा प्रधानमन्त्री ओली देखिएका थिए। तर, दिन बित्दै जाँदा यसको दबाब नेकपा अध्यक्ष दाहालतिर सर्दै गएको देखिन्छ।प्रधानमन्त्री ओली र अर्का नेता माधवकुमार नेपालबीच भइरहेको लगातारको छलफलले त्यही देखाउँछ। ओलीसँग भेटेपछि नेपालले यो प्रकरणबारे बोलेका छैनन्। प्रधानमन्त्री ओली र सरकारको आलोचना गर्न प्रायः नछाड्ने नेपाल मौन रहनु अर्थपूर्ण छ।

यो प्रकरणले दाहाललाई पर्न सक्ने पहिलो अप्ठेरो हो- पार्टी एकता प्रक्रियाले पूर्णता नपाउँदै नेकपामा पूर्वएमाले र पूर्वमाओवादी भन्ने बुझाइ बढ्न सक्ने जोखिम। कतिसम्म भने, प्रधानमन्त्री ओलीले अब त्यस्तो बुझाइ विकसित भए पनि आफूलाई फरक नपर्ने बताउन थालेका छन्। उनले आफूनिकट नेताहरूलाई भन्न थालेका छन्- ‘पार्टी र सरकारको नेतृत्व नै बुझाउनु पर्‍यो भने पनि म माधव नेपाललाई बुझाउँछु, दाहाललाई किन बुझाउँला!’

नेकपाले केही समय अघि महाधिवेशनसम्म दुई जना अध्यक्ष रहने निर्णय गर्दै सरकारको काम प्रधानमन्त्री ओलीले र पार्टीको काम अर्का अध्यक्ष दाहालले हेर्ने निर्णय गरेको थियो। ‘बामदेव प्रकरण’पछि दाहालले आफ्नो बाचा तोडेको बुझाइमा ओली पुगेका छन्। ओलीनिकट एक नेताले उनलाई उद्धृत गर्दै भने- “मैले मात्र बाचा पूरा गर्नुपर्छ भन्ने छैन। अब निर्णय गर्दा पनि मैले अर्का अध्यक्षलाई किन सोध्ने?”

दाहालको अचानकको ‘सुकुटे रिट्रिट’ सम्भवतः यसकै परिणाम हो।

" /> काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आज चितवन पुगेर भने- “पार्टी उपाध्यक्ष बामदेव गौतम नै राष्ट्रिय सभा सदस्यमा मनोनित हुनुहुन्छ, प्रधानमन्त्रीले उहाँलाई नै सिफारिस गर्नुहुन्छ।”

"> ‘बामदेव प्रकरणपछि’को नेकपा: अप्ठेरोमा ओली कि दाहाल ?: Dekhapadhi
‘बामदेव प्रकरणपछि’को नेकपा: अप्ठेरोमा ओली कि दाहाल ?

‘षडयन्त्र’ भएको ओलीको निचोड

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्