घरपायकमा क्याम्पस खुलेपछि महँगो खर्च गरेर शहरबजारमा बस्नुपर्ने अवस्था कम भएको हो ।
आफ्नै गाउँठाउँको क्याम्पसमा रुचिअनुसारको विषय पढ्न पाएपछि ग्रामीण भेगका विद्यार्थीलाई सहज भएको छ ।
उच्च शिक्षाका लागि धनकुटा, खाँदबारी, धरान, इटहरी, विराटनगर, काठमाडौं जस्ता शहरमा पढाउन खर्च धान्न नसक्नेहरूको लागि चुनौतीको विषय थियो ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर भोजपुर बहुमुखी क्याम्पस, षडानन्द बहुमुखी क्याम्पस र कुलुङ बहुमुखी क्याम्पस गरी जिल्लाभर तीन आङ्गिक क्याम्पस सञ्चालनमा छन् ।
क्याम्पसमा विद्यार्थीको लागि व्यवस्थित छात्राबास, सुलभ इमेल–इन्टरनेटसहितको पुस्तकालय र छात्रवृत्तिको व्यवस्थाले झनै आकर्षित गरेको छ । रासस