काठमाडौं। प्रयोग गरेर छाडिएका पुराना साडीको पुनः प्रयोग गरेर लाउनयोग्य कपडा बनाउने हात्तीहात्ती ब्राण्डको न त शो-रूम छ न त स्टोर नै। तैपनि उसले विस्तारै आफ्नो ब्राण्ड स्थापित गरिरहेको छ। काठमाडौंमा लाखौं खर्च गरेर शो-रूम खोल्न सक्ने क्षमता हात्तीहात्तीको छैन। नाफा कमाउने उद्देश्य नभएको कारण पनि शो-रूम खोल्ने आवश्यकता उसलाई परेन।
विभिन्न समस्यामा परेका महिलालाई सीप सिकाउँदै रोजगारी दिने कम्पनी हो, हात्तीहात्ती। जसले नाफा कमाउने उद्देश्य नै राख्दैन। हाल कम्पनीले स्कर्ट, पाइन्ट, टिसर्ट, फ्रक लगायत महिलाले प्रयोग गर्ने कपडा बनाउँदै आएको छ।
हात्तीहात्तीले उत्पादन गरेका सबै सामानको बिक्री वितरण भने अल्छी स्टोरले गरिदिन्छ। निश्चित कमिसन लिएर अरूको सामान बिक्री गरिदिने नेपाली स्टोर हो, अल्छी।
ललितपुरको झम्सिखेलमा रहेको अल्छी स्टोरबाटै हात्तीहात्तीका दैनिक हजारौं मूल्यका सामान बिक्री हुन्छन्। त्यसरी सामान बिक्री गरिदिएबापत् आम्दानीको २० देखि ३० प्रतिशत रकम अल्छी स्टोरले लिन्छ।
अल्छी स्टोरसँगको सहकार्यले आफ्ना उत्पादन बिक्रीमा सहज भएको हात्तीहात्तीका सञ्चालक सजना जिरेल बताउँछिन्।
सौन्दर्य सामग्रीका उत्पादक ‘सिम्पल ब्युटीफुल’का सञ्चालक आस्था राजभण्डारीलाई पनि व्यापार बढाउन सजिलो भएको छ अल्छी स्टोरकै कारण। शो–रूम वा स्टोर खोल्न लगानी गर्न नपरेपछि त्यो बजेट वस्तु उत्पादनमा लगानी गर्न पाएकी छिन् उनले।
सुभानी सिंहले लेखेको ‘चिल्ड्रेन बुक्स’ र कृषा श्रेष्ठको ‘किरमिरे’ पनि अल्छी स्टोरबाट बिक्री हुँदै आएको छ। यी उदाहरण मात्रै हुन्। यस्तै सयौं नेपाली ब्राण्ड उपभोक्ता माझ पुर्याउने साझा चौतारी हो, अल्छी स्टोर।
अल्छी स्टोरको सञ्चालक हुन्, कृति शाक्य(४०)। सन् १९९८ मा अमेरिका गएकी उनी १२ वर्षपछि नेपाल फर्किइन्। अमेरिकामा डिजाइन र बिजनेश मास्टर्स पढेर त्यहीँ डिजाइनरको रूपमा काम गरिरहेकी थिइन् उनी। १२ वर्ष बस्दा पनि अमेरिकाले तान्न सकेन उनलाई। नेपालमै केही नयाँ काम गर्ने सोच लिएर आफ्नै देश फर्किइन् उनी।
नेपाल फर्किएकै वर्ष सन् २०१० मा उनले श्रीमानसँग मिलेर ‘काज स्टुडियो’ सञ्चालनमा ल्याइन्। स्टूडियोले सफ्टवेर बनाउने र नेपाली उत्पादनको प्रचार सामग्री डिजाइन गर्ने काम गर्थ्यो। तर, स्टुडियोले सोचेजस्तो सफलता दिन सकेन।
“अमेरिकामा जस्तो डिजाइनरको महत्त्व नेपाली समाजले बुझिसकेको रहेनछ”, शाक्यले भनिन्, “उताकै जस्तो हुन्छ भन्ने मेरो सोचाइ गलत साबित भयो।”
काज स्टुडियोले गति लिन नसकेपछि उनले स्टुडियोले डिजाइन गरेका सामान बेच्ने लक्ष्यसहित सन् २०१५ मा खोलिन्, अल्लारे कम्पनी।
‘अल्लारे’ले लुडो र चेस जस्तै बोर्ड गेम बनाउँदै बेच्न थाल्यो। हाल काज स्टुडियोले डिजाइन गरेको साम्रागी, जात्रा र पायो जस्ता बोर्ड गेम अल्लारे ब्राण्डबाट बिक्री भइरहेको छ।
साम्रागी पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका कब्जा गर्दा आउने बाटो, चुनौती र समस्यालाई समेटिएको खेल हो। यो खेल लुडोको सर्प र भर्याङजस्तै हुन्छ। जात्रा- गाईजात्रा झल्काउने मौलिक खेल हो। पायो- नेपालमा पाइने विभिन्न प्रकारका पशुपंक्षी अंकित कार्डको प्याकेट।
त्यस्तै स्टुडियोले नै डिजाइन गरेका पेनड्राइभ, हाते झोलालगायतका विभिन्न विद्युतीय सामग्री अल्लारे ब्राण्डबाट उत्पादन हुँदै आएको छ। काज स्टुडियो र अल्लारेमा गरी अहिले १५ जनाले रोजगारी पाएका छन्।
यही ‘अल्लारे’ले उनलाई कृति शाक्यलाई अल्छी स्टोरसम्म डोर्याएको हो। अल्लारेका उत्पादन बेच्न शाक्य आफैं शनिबारे मेलाहरूमा सहभागी हुन्थिन्। त्यही मेसोमा उनको भेट महिला उत्पादकहरूसँग हुन थाल्यो। उनीहरूसँगको कुराकानीमा शाक्यले थाहा पाइन्, बिक्री स्थलको अभावमा नेपाली उत्पादनले राम्रो बजार पाएका छैनन्।
उनले योजना बुनिन्- स्टोर खोल्ने र नेपाली ब्राण्डको प्रवर्द्धन गर्ने। काज स्टुडियो र अल्लारेका सामान उनीसँगै थियो। आफ्नो स्टोरमा सामान राखेर बिक्री गरिदिएपछि उत्पादकले निश्चित कमिसन पनि दिइहाल्थे।
व्यवसायी महिलाहरूसँग उनले आफ्नो योजना सुनाइन्, “उत्पादित वस्तुको गुणस्तरमा सम्झौता नगर्नुस् सामग्री बेच्ने जिम्मा मेरो।”
उनले उत्पादकहरूसँग लिखित सम्झौता नै गरिन्। एकल महिला, अपाङ्ग र पिछडिएका क्षेत्रका व्यवसायी महिलालाई उनले प्राथमिकतामा राखिन्।
व्यवसायीहरूले आफ्ना उत्पादन शाक्यको स्टोरलाई बिक्रीका लागि दिने टुंगो लागेपछि दुई वर्ष अगाडि खुल्यो- अल्छी।
“अल्छी अर्थात् अंग्रेजीमा लेजी। जसको अर्थ हुन्छ काम नगर्ने र ठग”, शाक्यले भनिन्, “तर, हामीले अध्ययन गर्दा थाहा पायौं धेरै अल्छी मान्छेहरू ‘क्रियटिभ’ हुने गर्छन्।”
त्यसैले, अल्छी शब्दप्रति नेपालीमा रहेको नकारात्मक सोच हटाउन स्टोरको नाम नै अल्छी राखेको उनले बताइन्।
कम्पनीको नाम अल्छी भए पनि शाक्य आफू र कम्पनी भने अल्छी नभएको बताउँछिन्।
अल्छी स्टोरको अरूभन्दा फरक विशेषता हो, यहाँ सामग्री राख्ने उत्पादकहरूले अग्रिम भुक्तानी गर्नुपर्दैन। बिक्री भएपछि मात्र स्टोरले ३० प्रतिशतसम्म कमिसन लिन्छ।
नेपाली उत्पादन मात्र राखिने यो स्टोरमा ५० रूपैयाँदेखि ६ हजार रूपैयाँसम्मका सामग्री पाइन्छ।
झण्डै २० लाख लगानीबाट शुरू भएको यो स्टोरमा अहिले दैनिक २० देखि १५ हजार रूपैयाँको बिक्री हुन्छ। औसतमा मासिक चार लाख ५० हजार रूपैयाँ र वार्षिक पाँच करोड ४० लाख रूपैयाँको व्यापार हुने गरेको कम्पनीकी प्रमुख कार्यकारी अधिकृत समेत रहेकी शाक्यले बताइन्। क्रिसमस, नयाँ वर्षलगायतका अंग्रेजी चाडपर्वमा व्यापार अझ बढी हुने उनले बताइन्।
अल्छीले कृतिसहित दुईजना सेल्सपर्सन, डिजाइनर, स्टोर म्यानेजर र एकाउन्टेन्ट गरी जम्मा ६ जनालाई रोजगारी दिएको छ।
अल्छीको अर्को विशेषता होमडेलिभरी पनि हो। स्टोरमा रहेका ब्राण्डहरूको बिक्री अल्छी नामको फेसबुक पेज तथा इन्स्टाग्रामबाट प्रचारसमेत गर्दै आएको छ। त्यस्तै, अल्छी डट को नामको वेबसाइट समेत छ। अनलाइन माध्यमबाट आएको अर्डर २४ घन्टाभित्र कम्पनीले ढोकैमा पुर्याइदिन्छ। डेलिभरीका लागि भने स्टोरले डेलिभरी कम्पनीहरूसँग सहकार्य गर्दै आएको छ। स्टोरको ६० प्रतिशत बिक्री सामाजिक सञ्जालबाटै हुँदै आएको शाक्यले बताइन्।
नेपालीलाई नै लक्षित गरेर सञ्चालनमा ल्याइएकाले स्टोरमा धेरै महँगो सामानहरू राखिँदैन। स्टोरबाट हुने कूल ग्राहकमध्ये ६० प्रतिशत नेपाली र ४० प्रतिशत विदेशी छन्।
अल्छी स्टोरले उत्पादक र खरिदकर्ताबीचको खाडल पुरेको शाक्यको दाबी छ।
त्यसो त अल्छीले भोग्नुपरेका आफ्नै चुनौती छन्। व्यवसाय शुरू गरेपछि आफूले सोचेजस्तो र ग्राहकले खोजेजस्तो गुणस्तरीय सामान फेला पार्नु नै ठूलो चुनौती रहेको उनी बताउँछिन्। धेरैपटक उत्पादकहरूले गुणस्तरहीन सामान आफूलाई झुक्याएर दिएको सम्झिँदै उनी भन्छिन्, “बल्ल विश्वासिला उत्पादकहरू फेला परेको छ।”
अल्छी स्टोरलाई आगामी दिनमा नेपालभर फैलाउने लक्ष्य शाक्यको छ। यही वर्षको अन्त्य वा वैशाख महीनासम्ममा ठमेल वा लाजिम्पाटमध्ये एक ठाउँमा यसको शाखा विस्तार गर्ने योजना उनले सुनाइन्। तर, आउटलेट वा फ्रेन्चाइज कुन मोडलमा व्यवसाय गर्ने भन्ने निर्णय गरिसकेकी छैनन्। नेपालभर फैलाएपछि विदेशमा पनि पुर्याउने उनको सपना छ।
कम्पनीले बिचौलियाबाट भने सामान किन्ने गर्दैन। उत्पादकबाट सामग्री सीधै अल्छी स्टोरमा ल्याइन्छ। यस्तै, स्टोरले उत्पादक कम्पनीहरूलाई गुणस्तर र आधुनिक उत्पादनबारे सल्लाह र सुझाव समेत दिन्छ।
तर, आफ्नै स्टोर नभएका कम्पनी वा उत्पादकहरूले मात्रै अल्छीको स्टोरमा सामान राख्न पाउने भने हाेइन। स्टोर सञ्चालनमा आएका कम्पनीले पनि यसमा आफ्ना उत्पादन राख्न र बेच्न पाउँछन्।
हाल अल्छी स्टोरमा जनकपुरको मिथिला चित्रकला, ‘विसिस्ता’ र ‘आर्सो’ नामका गरगहना, ‘भाव’, पुराना पानी ट्यांकी र फ्लेक्स बोर्डको प्रयोगबाट बनाइएको हाते झोला ‘मेटा’, स्टेशनरीका सामान, विभिन्न स्टीकर र हर्बल प्रडक्ट ‘वाइल्ड कार्ड’ लगायत २० भन्दा बढी प्रकारका सामग्री पाइन्छ।
ती सबै सामान नेपालमै उत्पादन भएका हस्तकलाका सामग्री हुन्। त्यसमा पनि काठमाडौं, जनकपुर र पोखराका महिला व्यवसायीहरूले बनाएका सामानहरू अल्छीमा बढी पाइन्छ।
अल्छीसँग हाल १० जनाभन्दा बढी महिला व्यवसायी आबद्ध छन्। जसमध्ये अधिकांश उत्पादकहरू काठमाडौं उपत्यकाकै छन् भने पोखरा र जनकपुरबाट पनि एक/एक जना महिला व्यवसायीहरू जोडिएका छन्।
यसका साथै, काजी, मैचा, खाया टिसर्ट, लेख्नेकोर्ने, स्लीक एण्ड साल्ट, एउटा, लोक्ता कार्ड, अभाको लगायतका ब्राण्डहरू पनि छन्।
" /> काठमाडौं। प्रयोग गरेर छाडिएका पुराना साडीको पुनः प्रयोग गरेर लाउनयोग्य कपडा बनाउने हात्तीहात्ती ब्राण्डको न त शो-रूम छ न त स्टोर नै। तैपनि उसले विस्तारै आफ्नो ब्राण्ड स्थापित गरिरहेको छ। काठमाडौंमा लाखौं खर्च गरेर शो-रूम खोल्न सक्ने क्षमता हात्तीहात्तीको छैन। नाफा कमाउने उद्देश्य नभएको कारण पनि शो-रूम खोल्ने आवश्यकता उसलाई परेन।विभिन्न समस्यामा परेका महिलालाई सीप सिकाउँदै रोजगारी दिने कम्पनी हो, हात्तीहात्ती। जसले नाफा कमाउने उद्देश्य नै राख्दैन। हाल कम्पनीले स्कर्ट, पाइन्ट, टिसर्ट, फ्रक लगायत महिलाले प्रयोग गर्ने कपडा बनाउँदै आएको छ।

">