सर्लाही। लालबन्दी नरगपालिका–१ स्थित नवलपुर सर्पदंश उपचार केन्द्रको भेन्टिलेटर तथा आइसियु प्रयोगविहीन भएको छ। दक्ष चिकित्सक नहुँदा भेन्टिलेटर तथा आइसियु उपकरण थन्किएको छ। सेवा समेत प्रभावित बन्न पुगेको छ।
प्रदेश नम्बर २ सरकार र लालबन्दी नगरपालिकाको ३० लाख खर्चमा २०७६ जेठमा उपकरण जडान गरी सेवा शुरू भएको थियो। नवलपुर सर्पदंश उपचार केन्द्र व्यवस्थापन समितिका अध्यक्ष बोधराज काफ्लेले भेन्टिलेटर तथा आइसियु उपकरण स्वास्थ्य संस्थामा भए पनि दक्ष चिकित्सक नहुँदा उपकरण थन्किएको बताए। उनले भने “स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई चिकित्सक पठाइदिन पटक पटक ध्यानाकर्षण गरायौं। तर कार्यान्वयन भएको छैन।”
सर्लाहीसहित आसपासका जिल्लाका सर्पदंश उपचार गर्न २०७० सालमा सो केन्द्र स्थापना भएको थियो। गर्मी तथा वर्षा याममा केन्द्रमा दैनिक १०-१२ सर्पदंशका बिरामी आउने गरेका जनाइएको छ। सर्लाहीको बरथवा र नवलपुरमा उपचार केन्द्र रहेको भए पनि नवलपुरमा बिरामीको चाप बढी छ।
हालसम्म उपचार केन्द्रले करीब चार हजार ५०० बिरामीको उपचार गरिसकेको जनाएको छ।रासस
" /> सर्लाही। लालबन्दी नरगपालिका–१ स्थित नवलपुर सर्पदंश उपचार केन्द्रको भेन्टिलेटर तथा आइसियु प्रयोगविहीन भएको छ। दक्ष चिकित्सक नहुँदा भेन्टिलेटर तथा आइसियु उपकरण थन्किएको छ। सेवा समेत प्रभावित बन्न पुगेको छ।प्रदेश नम्बर २ सरकार र लालबन्दी नगरपालिकाको ३० लाख खर्चमा २०७६ जेठमा उपकरण जडान गरी सेवा शुरू भएको थियो। नवलपुर सर्पदंश उपचार केन्द्र व्यवस्थापन समितिका अध्यक्ष बोधराज काफ्लेले भेन्टिलेटर तथा आइसियु उपकरण स्वास्थ्य संस्थामा भए पनि दक्ष चिकित्सक नहुँदा उपकरण थन्किएको बताए। उनले भने “स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई चिकित्सक पठाइदिन पटक पटक ध्यानाकर्षण गरायौं। तर कार्यान्वयन भएको छैन।”

">