विशिष्ट कक्ष प्रयाेग गर्न नपाएपछि भीम रावल असन्तुष्ट (भिडिओसहित)

कैलाली। काठमाडौंबाट धनगढी पुगेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले विमानस्थलको विशिष्ट कक्ष प्रयोग गर्न नपाएपछि असन्तुष्टि व्यक्त गरेका छन्।

आज बिहान काठमाडौंबाट श्रीएअरको विमानबाट सवा ९ मा धनगढी पुगेका नेकपाका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज रावलले पत्रकार सम्मेलन गरेर असन्तुष्टि व्यक्त गरे।

उनले विशिष्ट कक्ष प्रयोग गर्न नपाएपछि ट्रली बोक्ने बाटोबाट विमानस्थलबाट बाहिर निस्कनु परेको गुनासो गरे। “मलाई भीआईपी कक्षमा जान राेकियाे”, उनले भने, “ममाथि त्यस्तो व्यवहार किन गरियाे, म आश्चर्य लागेकाे छ।”

धनगढीबाट राष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौं फर्कने कार्य सूची थियो। राष्ट्रपति काठमाडौं फर्कनका लागि विमानस्थल जाँदै थिइन्। सोही कारण विशिष्ट कक्षमा सुरक्षा व्यवस्था कडाइ गरिएको थियो।

तर, निर्धारित कार्यक्रमअनुसार आफू धनगढी आउने पार्टीका नेताकार्यकर्तालाई जानकारी भए पनि आफूलाई पार्टीले राष्ट्रपतिको कार्यक्रमबारे कुनै जानकारी नगराएको नेता रावलकाे भनाइ छ।

प्रतिक्रिया दिनुहोस्