काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ठूलो धनराशि खर्च गरेर आफ्नो व्यक्तिगत र राजनीतिक जीवन समाप्त गर्न एउटा गिरोह लागेको बताएका छन्।
इटहरीमा भएकाे प्रेस संगठन नेपाल प्रदेश १ को शपथ ग्रहण कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले २०७२ मा सञ्चारमन्त्री भएदेखि नै आफूविरुद्धकाे षड्यन्त्र शुरू भएको बताएका हुन्।
“बोल्ने उपयुक्त समयको पर्खाइमा थिएँ। आजसम्म यस प्रसंगमा म बोलेको थिइनँ। किनभने यसमा मेरो केही दोष र कमजोरी थिएन”, राईले भने, “जुन पात्रको कुरा छ त्यो पात्रसँग मेरो कहिल्यै चिनजान, बोलचाल र दोहोरो संवाद पनि भएको छैन।”
सञ्चारमन्त्री भएकाले बेला आफूलाई कसैले लगातार म्यासेज गरेर ‘ह्यारेस’ गरेको र त्यस विषयमा तत्कालीन प्रधानमन्त्री, पार्टी कार्यालय र सीआईबीमा समेत जानकारी गराएको उनको दाबी छ। उनले भने, “दूधको दूध पानीको पानी छुट्टिन्छ केही दिनमा थाहा पाउनुहुन्छ। कहीँ चुकेको थियो कि भन्ने भ्रम कसैले नराखिदिनुहोला।”
काठमाडौं जिल्ला अदालतमा मुख्यमन्त्री राईविरुद्ध दोलखाकी बालिका खड्काले राईसँग आफ्नाे यसअघि बिहे भइसकेको दाबी गर्दै १६ फागुनमा अंश मुद्दा दायर गरेकी छन्। खड्काले आफूलाई राईले दुर्व्यवहार र घरेलु हिंसा गरेको पनि आरोप लगाएकी छन्।
" /> काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ठूलो धनराशि खर्च गरेर आफ्नो व्यक्तिगत र राजनीतिक जीवन समाप्त गर्न एउटा गिरोह लागेको बताएका छन्।इटहरीमा भएकाे प्रेस संगठन नेपाल प्रदेश १ को शपथ ग्रहण कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले २०७२ मा सञ्चारमन्त्री भएदेखि नै आफूविरुद्धकाे षड्यन्त्र शुरू भएको बताएका हुन्।

">