कैलाली। तपाईं मांसाहारी हुनुहुन्छ की शाकाहारी ? तपाईंलाई के खान मन छ ?
तपाईलाई मन परेको परिकारको स्वाद चाख्न टाढा धाउनै पर्दैन। धनगढीमा चलिरहेको प्रथम सुदूरपश्चिम खाना महोत्सव-२०७६ मा तपाईंले चाहेका परिकार खान पाउनुहुन्छ।
विभिन्न खानाका परिकारहरू एकै थलोमा पाएपछि ग्राहकहरू आफ्नो रूचिअनुसारका परिकारको स्वाद लिइरहेका छन्।
लोकल कुखुराका पारखीका लागि धनगढीको शीला रेष्टुरेन्टले त्यसको परिकारहरू पस्किरहेको छ। “लोकल कुखुराको मासु तारेर खाँदा पनि हुन्छ, साँधेर खाए पनि हुन्छ”, सञ्चालिका सिर्जना मगर भन्छिन्, “लोकल कुखुराको सुप होस् वा ग्रेभी मनपर्ने परिकार आफ्नै इच्छाअनुसार बनाउन लगाएर खान पाइन्छ।”
तपाईंलाई बिर्यानी मनपर्छ भने त्यसको पनि स्टल राखिएको छ, जुन नेपालगञ्जबाट आएको हो।
कुखुरासँगै माछाका परिकार खान रुचाउनुहुन्छ भने ड्रिम होटल माछाका परिकारहरू दिन तयारी अवस्थामा छ। तिलहरी माछा खाने कि सुकेको माछा खाने वा सिद्रा खाने। माछाका सबै परिकार ड्रिम होटलको स्टलमा बनेका छन्।
खाना महोत्सवको आयोजना होटल व्यवसायी संघ कैलालीले गरेको हो। धनगढीको खुलामञ्चमा भइरहेको खाना महोत्सवमा कुखुरा, माछाका परिकार मात्रै होइन विभिन्न किसिमका मःमः पनि खान पाइन्छ।
माछामासुभन्दा अन्य परिकार खान मन लागेकाहरूले पनि खाना महोत्सव छोडेर अन्यत्र जानुपर्दैन। बेकरीका परिकारका पारखीले ग्यालेक्सी क्याफेको स्टलमा गएर बेकरीका परिकार छानीछानी खान पाउँछन्।
केराका परिकार खान चाहनेका लागि पनि त्यो सहजै उपलब्ध छ। केराको वाइन र ब्रान्डी मात्रै होइन केराबाट नै बनेको मःमः, पकौडा, टिकिया पुरी, चिप्स, अचारको स्वाद लिन पाइने टीकापुरका भागिराम चौधरी बताउँछन्।
१४–२० फागुनसम्म सञ्चालन हुने खाना महोत्सवमा विभिन्न परिकारहरूको स्वाद ग्राहकहरूलाई पस्किरहेको होटल व्यवसायी संघ कैलाली अध्यक्ष कलम बमले बताए।
महोत्सवमा २५ स्टलहरूमा स्थानीय परिकारहरू राखिएका छन्। प्रायः सबै समुदायका परिकार र प्रदेशका ९ वटै जिल्लाका मौलिक खानाका परिकारहरूको स्वाद लिनका लागि जिल्लागत र समुदायगतरूपमा पनि खाना महोत्सवमा स्टलहरू राखिएको अध्यक्ष बमले बताए।
खाना महोत्सवलाई अझै आकर्षक बनाएको छ, विश्व नेपाली साहित्य सम्मेलनले। एउटै परिसरमा रहेको साहित्य सम्मेलनमा भाग लिन आएकाहरू खानाका परिकारमा रमाउने गरेका छन्।
पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द साहित्य सम्मेलनका लागि धनगढी आएका हुन्। उनी पनि खाना महोत्सवमा पुगेर फाउने माडा खानमा व्यस्त थिए। फाउने माडा सुदूरपश्चिमेलीहरूको प्रमुख खानामा पर्दछ।
" /> कैलाली। तपाईं मांसाहारी हुनुहुन्छ की शाकाहारी ? तपाईंलाई के खान मन छ ?तपाईलाई मन परेको परिकारको स्वाद चाख्न टाढा धाउनै पर्दैन। धनगढीमा चलिरहेको प्रथम सुदूरपश्चिम खाना महोत्सव-२०७६ मा तपाईंले चाहेका परिकार खान पाउनुहुन्छ।

">