परमाणु हतियार निशस्त्रीकरणका लागि दुई देशका उच्च अधिकारीको १८ असोजमा स्टकहोममा भएको शान्ति वार्ता असफल भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
पछिल्लो केही समयदेखि उत्तर कोरियाले परमाणु हतियार परीक्षणको क्रम बढाएसँगै दुई देशका उच्च अधिकारी फेरी वार्तामा बस्न सहमत भएका थिए।
सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच पहिलो शान्ति वार्ताको सम्झौतामा उत्तर कोरियाले परमाणु हतियार परीक्षण स्थगित गर्ने सहमति भएको थियो।
स्टकहोम वार्ता असफल हुनुका कारण उत्तर कोरियाका अधिकारीले अमेरिकी अधिकारीलाई आरोप लगाएका छन्।
अमेरिकी अधिकारीहरू अजेण्डाविना बस्दा वार्ता असफल भएको उनीहरूको दाबी छ।
अमेरिकी अधिकारीहरुले भने महत्वपूर्ण विषयमा वार्ता भएको दाबी गरेका छन्।
अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका नेता किमबीच सन् २०१८ यता तीन पटक शान्ति वार्ता भए पनि कुनै पनि वार्ताले निष्कर्ष निकाल्न सकेको छैन।
अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका नेता किमबीच सिंगापुरमा जुन २०१८ मा पहिलो शान्ति वार्ता भएको थियो। भने, गएको फेब्रुअरीमा भियतनाममा भएको शान्ति वार्ताले पनि परमाणु हतियारका विषयमा कुनै निष्कर्ष निकाल्न सकेको थिएन।
यस्तै गएको जुन महिनामा दक्षिण कोरियाको भ्रमणमा आउँदा अमेरिकी राष्ट्रपतिले अकस्मात रुपमा उत्तर कोरियाको निशस्त्रिकरण क्षेत्रमा उत्तर कोरियाली नेता किमसँग भेट गरेका थिए। छोटो भेटका क्रममा
दुई नेताबीच परमाणु निशस्त्रीकरणका विषयमा छलफल भएको थियो।
" /> परमाणु हतियार निशस्त्रीकरणका लागि दुई देशका उच्च अधिकारीको १८ असोजमा स्टकहोममा भएको शान्ति वार्ता असफल भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।पछिल्लो केही समयदेखि उत्तर कोरियाले परमाणु हतियार परीक्षणको क्रम बढाएसँगै दुई देशका उच्च अधिकारी फेरी वार्तामा बस्न सहमत भएका थिए।

">