भक्तपुर। सरस्वती नापित उमेरले ८२ नाघिन्। तर, अहिले पनि उनी नङ र कपाल काटिदिन गाउँगाउँ पुग्छिन्। नङ काट्नु उनको पुर्ख्यौली पेशा हो। स्थानीय नेवार समुदायमा न्वारानदेखि मृत्युका हरेक कार्यमा उनी पुगेकी हुन्छिन्। उनले छोए मात्रै पनि चोखो हुन्छ भन्ने मान्यता अझै पनि यहाँको नेवार समुदायमा छ।
र, सबैले एउटै सम्बोधनले बोलाउँछन् – ‘निनी’।
सबैकी ‘सरस्वती निनी’ हुन् उनी।
यही पुर्ख्यौली पेशाले चल्छ उनको घरखर्च र दैनिकी। उमेर बढ्दै गएपछि उनलाई धेरैले यो काम नगर्न भने। तर, उनी भन्छिन्, “खेतबारी छैन, यो काम नगरे कस्ले खान दिन्छ र ?”
अहिलेसम्म उनको आफ्नो घर छैन। भक्तपुरको न्यातापोल नजिकै युगपुरुष गोविन्दहरि जंगमको पुरानो घर छ। २०७२ को भूकम्पले घर थिलथिलो बनाएको छ। त्यही घरको भूइँतलाको एउटा कोठामा सरस्वती नापितको संसार अडेको छ।
उमेरले आठ दशक पार गरे पनि उनी बिहानै उठ्छिन्। मुख धोएर चिया पकाएर खान्छिन्। अनि जजमानकहाँ जान्छिन्। उनको हातमा सधैँ रातो थैली हुन्छ। जसमा छलंचा (नङ काट्ने औजार), अल (रातो रंग), सुकेको छालाको टुक्रा र बटुका हुन्छ। दिनभरि जजमान बसेर बेलुका घर आउँछिन्। कहिले भात नै पकाएर खान्छिन्। कहिले चिया मात्रै पिएर सुत्छिन्।
“एक्लै बस्नुहुन्छ ?”, मैले सोधेँ।
“उ त्यहाँ बसिराछ साथी”, उनले अगाडि कालो बिरालोलाई देखाउँदै भनिन्।
हुन पनि उनको साथी नै बनेको छ बिरालो। उनी खान दिन्छिन् बिरालोलाई। उनी हुन्जेल कहिँ जाँदैन ऊ पनि। बेलुका सरस्वतीको हातमा टाउको अड्याएर सुत्छ। उनलाई त्यो बिरालो कहाँबाट आयो थाहा छैन। उनले पालेको पनि हैन।
पोहोर बिरामी भएको बेला पोथी बिरालो आएको थियो। उनीसँगै बस्थ्यो। जहाँ गए पनि सँगैसँगै जान्थ्यो। उनी उठ्न सक्ने भएपछि त्यो बिरालो कता गयो कता। अहिले भाले बिरालो आएको छ उनलाई साथी। उनी बिरामी छँदा एकजना बूढामान्छेले त भनेका थिए, “एक्लै बसेको मान्छे बिरामी भएको बेला भगवानले एउटा न एउटा साथी पठाउँछ।”
उनलाई लाग्छ, यो बिरालो भगवानले नै त पठाएका होइनन्। त्यसैले उनी बिरालोलाई माया दिन्छिन्।
आफन्त भन्नु नै त्यही बिरालो बनेको छ। रगतको साइनो त उहिले नै टाढा भइसकेको हो।
उनको जन्म १९९४ जेठको दशहराको दिनमा भएको हो। १० वर्षको उमेरमा बा बिते। आमाले जसोतसो दुःख गरेर उनी र उनका दुई दाजुभाइलाई हुर्काइन्।
उनी आमाको प्याउली झैं थिइन्। आमा जता जान्थिन्, पछिपछि लाएर उतै पुग्थिन् उनी पनि। १२-१३ वर्षको उमेरमै आमाले उनलाई छलंचा (नङ काट्ने औजार) चलाउन सिकाइदिइन्।
छलंचा, अल रंग, छाला, बटुका चाहिन्छ यो काम गर्न। पानी राख्न बटुवा, छलंचा तिखो बनाउन छाला चाहिन्छ।
आमासँगै उनी पनि टोल, गाउँ डुलेर नङ काटिदिन थालिन्। शुरूमा उनलाई अर्काको खुट्टा छुन घिन लाग्थ्यो। तर, घीन लागेर सुख पाउँदिनथिन्। सफा होस्, नहोस्, मन होस् नहोस्, छुनै पर्थ्यो।
समय बित्दै गयो। आमा बूढी हुँदै गइन्। काम गर्न नसक्ने भएपछि दाइ र उनले कमाएर परिवार पाल्नुपर्ने अवस्था आयो। अब त काम गर्न बाध्यता नै भयो। किनकी उनको परिवारको रोजीरोटी नै यही कामबाट चल्थ्यो।
आफू काम गर्न नसक्ने हुँदै गएपछि आमालाई सरस्वतीको चिन्ता लाग्न थाल्यो।
आमा सरस्वतीको बिहे गरिदिन चाहन्थिन्। कयौंपटक उनलाई विवाह गर्न कर पनि गरिन्। आमाले त भनेकी हुन्, “बिहे गर् छोरी, पछि तैंले दुःख पाउँछेस्।”
तर, उनले मानिनन्। उनकी निनी (फुपु)ले पनि बिहे नगरी माइतैमा बसेकी थिइन्। हजुरबा र हजुरआमा सानैमा बितेपछि उनकी निनीले नै बालाई स्याहारेकी थिइन्। बाले पनि निनीलाई कहिल्यै नराम्रो गरेनन्। बाले निनीलाई गरेको व्यवहार देख्दा उनी पनि आफ्ना दाजुभाइबाट त्यस्तै व्यवहार हुन्छ भन्ने सोच्थिन्। जसले उनलाई विवाहप्रति आकर्षण दिँदैनथ्यो। त्यसैले बिहे नगर्ने निर्णयमा पुगेकी थिइन् उनी।
“दाइले नहेरे भाइले हेर्छ, भाइले नहेरे दाइले”- उनी ढुक्क थिइन्।
दाइभाइको बिहे नहुन्जेल सम्बन्धहरू पनि राम्रै थियो। दाइले बहिनी भनेर माया गर्थे, भाइले दिदी भनेर सम्मान। दाइभाइ पसल खोलेर कपाल काट्थे, उनी गाउँगाउँमा कर्मकाण्डहरूमा डुलेर नङ र कपाल काटिदिन्थिन्। जजमानले दिएको अन्नले उनको परिवार चलेको थियो। तीनजनाले कमाइले परिवार पालिएको थियो।
तर, दाइभाइको विवाहपछि सम्बन्ध चिसिँदै गयो। न दाइले माया गरे, न भाइले। बोल्नै छोडिदिए उनीसित। दिनहुँ कलह हुन थाल्यो। अन्ततः उनलाई छोडेर परिवारै अन्तै बसाइँ सरेर गए। उनी एक्लै परिन्।
उनी एक्लै बसेको नै ३२ वर्ष भइसक्यो। अचेल उनी आमाले सम्झाएका ती वचन सम्झिन्छिन्।
“आमाले त भन्नुभएको हो, तैंले दुःख पाउँछस् छोरी, त्यसो नभन भनेर”, उनी भन्छिन्, “निनी कसरी बस्नुभयो, म पनि त्यसरी नै बस्ने भनेर बिहे गरिनँ। मेरो त दाइ छ भाइ छ। दाइले नहेरे भाइले हेर्छ, भाइले नहेरे दाइले हेर्छ भनेँ। बिहे नगरुन्जेल हेर्यो पनि, बिहे गरेपछि को-को भएँ म उनीहरूको लागि।”
दाजुभाइ पराइ भए पनि शरीर बलियो छ, आफ्नो पौरख खान्छु भन्ने सोचले बल दिन्थ्यो उनलाई। तर, गत वर्ष उठ्नै नसक्ने गरी दमखोकीले थला परिन् उनी। त्यसपछि उनको आँट डगमगाएको छ। किनकी उनी बाँच्छिन् भन्ने आस मारिसकेका थिए, वरिपरिकाले। उनलाई पनि अब त मरे नि हुन्थ्यो भन्ने लाग्थ्यो। तर, उनी बाँचिन्। त्यस्तो अवस्थामा पुग्दा पनि उनका दाजुभाइका परिवार हेर्न समेत आएनन्।
धेरैले उनलाई ‘यो काम छोडिदेउ’ भनेर गाली गरे। तर उनी यो काम छोड्न तयार छैनन्। भन्छिन्, “छोडेर के गर्ने। जजमान भएन भने मैले के खाने ? घर छैन, खेत छैन, कसैले खान दिँदैन। खाली जजमानको भरमा खानुपर्छ।”
जजमानी काम गरेरै उनको पेट पालिइरहेको छ। त्यसैले उनी यो पेशा छोड्न चाहँदिनन्। सकुञ्जेल हिँड्ने सोच छ उनको।
हुन पनि बाह्रै महीना बाह्रै काल उनको काम खाली हुँदैन। सुडाल, नंखेल र सूर्यविनायकमा उनका जजमान छन्। न्वारान, बेलविवाह, गुफादेखि व्रतबन्ध, विवाह, श्राद्ध, मृत्युको काममा उनी जानै पर्छ। जजमान घरसम्मै बोलाउन आउँछन् उनलाई। भनाइ नै छ नि बाहुनको मुख चोखो, नाउको हात चोखो हुन्छ। त्यसैले पनि उनको छलन्चाले छोइदिए मात्रै पनि चोखो भएको मान्यता नेवार समुदायमा भएकाले उनलाई खोज्दै आउँछन्।
नेवार समुदायमा छोरीको बेलविवाह, गुफा(सूर्यदर्शन), विवाह, लगायत समारोहमा उनैले हात खुट्टामा ‘अल’ रातो रंग लगाइदिने गर्छिन्। जसले सौभाग्यको प्रतीक जनाउँछ। पहिले त भक्तपुरमै रंग पाइन्थ्यो। तर, अहिले काठमाडौं आउनेलाई रंग किनेर ल्याइदेउ भन्दै पैसा दिई पठाउँछिन्। किनकी उनलाई काठमाडौंका सडकहरू विराना छन्। जजमानकै गाडीमा एकदुईपटक आएकी छन्, काठमाडौं। नत्र उनी एक्लै काठमाडौं आएकी छैनन्। व्रतबन्धमा कपाल काटिदिन्छिन्।
नङ काट्ने, कपाल काटेबापत् पहिले त उनलाई जजमानले धान, गहुँ दिन्थे। तर, अहिले खेती नभएकाले पैसा नै दिने गरेको सरस्वती सुनाउँछिन्। “कतै पैसा ५००, हजार दिन्छ, कतै चिउरा दिन्छ”, उनी भन्छिन्।
उनीहरूको परिवार पहिलेदेखि नै यही मात्रै काम गरेर बसेका थिए। आमाले पनि यही गरिन्, उनले पनि गरिन्। अरूले खेतबारीको काम गर्न आउ भनेर डाक्थे। घरमा नोकर बस्न आउ समेत भने। तर, उनीहरू गएनन्। आफ्नै पेशा मात्रै गर्ने भनेर उनीहरू गएनन्। भन्छिन्, “फलानो ठाउँमा नोकर बस भनेको थियो, म नोकर पनि नबस्ने। मलाई एउटा घर नभएर दुःख छ, अरूको नोकर बसेर काम गरेर खान पुग्छ त, त्यसैले अर्काको नोकर बस्दै बसिनँ।”
मानिसहरूले हेर्दा उनको काम सजिलो देख्छन्। त्यसैले हेप्छन् पनि। तर, उनलाई मात्रै थाहा छ, यो काम कति गाह्रो छ भनेर। नङ काटिदिन भूइँमा बसेर एकोहोरो निहुरिन पर्छ। एकदुईजनाको हैन, जजमानको परिवार, नातेदार सबैको नङ काटिदिएर अल लगाइदिँदा घण्टौं निहुरिन पर्छ। निहुँरिदानिहुँरिदा आँखा दुखेर झर्ला झैँ हुन्छ। त्यस्तै कम्मर पनि त्यस्तै दुख्छ। छलन्चा चलाउँदा हातभरि घाउ त कति लागे कति। हिसाब लगाएर साध्यै छैन।
उनी जस्तै नाउको काम गर्नेहरू निकै कम भइसके भक्तपुरमा। हातमा गन्न सकिने अवस्थामा पुगिसके। जजमानको काम गरेर नखाने सोच भइसकेको छ धेरैमा। उनका दाजुभाइका परिवारले पनि यो पेशा छाडिसके। “जजमानको लात नि नाइँ, बात नि नाइँ भन्छन्”, सरस्वती भन्छिन्, “हुन नि हो, अलिकति ढिला भयो कि गाली गर्छन् जजमानले। अनि पेशा नै परिवर्तन गरे।”
अहिले कपाल काट्ने काम त अरूले नि गर्न थालिसकेका छन्। शहर बजारमा पार्लर, सैलुन छ्यापछ्याप्ती छन्। नङ काट्ने काम हुन्छ त्यहाँ। के मधेशी, के पहाडी, सबैले उनीहरूको काम सिकिसकेका छन्।
तर, परम्परागतरूपमा गर्दै आएको उनको पेशा भने विस्तारै हराउँदैछ। उनको पेशा धान्ने छैनन्।
“हजुर नभएपछि कसरी चोखो हुन्छन् होला त?” सोधें उनलाई।
“जे सुकै गरुन्, के गर्नु त आफूले नसकेपछि। कपाल नुहाउँछन्, चोखो हुन्छ नि”, उनले हाँस्दै भनिन्।
" /> भक्तपुर। सरस्वती नापित उमेरले ८२ नाघिन्। तर, अहिले पनि उनी नङ र कपाल काटिदिन गाउँगाउँ पुग्छिन्। नङ काट्नु उनको पुर्ख्यौली पेशा हो। स्थानीय नेवार समुदायमा न्वारानदेखि मृत्युका हरेक कार्यमा उनी पुगेकी हुन्छिन्। उनले छोए मात्रै पनि चोखो हुन्छ भन्ने मान्यता अझै पनि यहाँको नेवार समुदायमा छ।र, सबैले एउटै सम्बोधनले बोलाउँछन् – ‘निनी’।

">