हङकङमा कोरोना संक्रमित व्यक्तिले पालेको कुकुरलाई क्वारेन्टाइनमा राखियो
काठमाडौं। हङकङमा एउटा घरपालुवा कुकुरलाई कोरोना भाइरसको संक्रमणको आशंकामा क्वारेन्टाइनमा राखिएको त्यहाँका अधिकारीहरूले बताएका छन्।

उक्त कुकुरको मालिकलाई कोरोना भाइरसको संक्रमण भएपछि कुकुरलाई हङकङको कृषि, माछा तथा संरक्षण विभागको जिम्मा लगाइएको छ।

विश्व स्वास्थ्य संगठनको आपतकालीन स्वास्थ्य कार्यक्रमकी मुख्य प्राविधिक डा. मारिया भान केरखोवले १७ फागुनमा पत्रकार सम्मेलनमा आफूहरूले हङकङका अधिकारीहरू र वैज्ञानिकहरूसँग मिलेर परिक्षण गरिरहेको बताइन्। "कुकुरलाई साँच्चिकै कोरोना भाइरसको संक्रमण भएको छ वा अन्य केही समस्या छ कि भन्नेबारे पनि परीक्षण गर्दै छौं," उनले भनिन्।

'कुकुरको मुख, नाक र मलद्वारबाट ुस्याम्पलु परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण भएको आशंका छ तर, कुकुरले संक्रमणसँग मिल्दाजुल्दा अन्य लक्षण भने देखाएको छैन,' हङकङको कृषि, माछा तथा संरक्षण विभागले विज्ञप्तिमा भनेको छ, 'अहिलेसम्म विभागले घरपालुवा जनावरलाई पनि कोरोना भाइरसको संक्रमण हुनसक्छ वा तिनीहरूले मानिसलाई भाइरस सार्न सक्छन् भन्नेबारे कुनै प्रमाण भेट्याएको छैन्।'

विभागले कुकुरलाई थप परीक्षणहरू गर्ने जनाएको छ।

रोगहरूको नियन्त्रण र रोकथामका लागि अमेरिकी केन्द्रको वेवसाइटमा अमेरिकामा कुनै पनि घरपालुवा जनावर कोरोना भाइरसका स्रोत हुनसक्छन् भनेर सोंच्न जरूरी नरहेको जनाएको छ।

'घरपालुवा वा अन्य जनवार कोरोना भाइरसका कारण बिरामी हुनसक्छन् भन्नेबारे आजसम्म हामीले कुनै पनि रिपोर्ट पाएका छैनौं,' केन्द्रको वेवसाइटमा छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्