नेपाली कांग्रेसः देउवाद्वारा गठित विभागहरू पौडेल पक्षबाट अस्वीकार

काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाले नियमित कार्यकाल सकिनु दुई दिनअघि १७ फागुनमा एकपक्षीय रूपमा विभाग गठन गरेपछि आन्तरिक विवाद चर्किएको छ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको असहमतिका बीच देउवाले विभाग गठन गरेका छन्।

विधानविपरीत विभाग गठन गरेर महाधिवेशन प्रभावित पार्न खोजेको संस्थापनइतरका नेताहरूको आरोप छ।

देउवाले पाँच जनालाई केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनयन गरेकामा समेत पौडेल पक्षको आपत्ति छ।

विभाग गठन हुनासाथ वीरगंजको कार्यक्रममा रहेका वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य रामशरण महत, सुजाता कोइराला, अर्जुननरसिंह केसी, मीनेन्द्र रिजालसहितका नेताहरूबीच त्यहीँ आकस्मिक भेला भएको थियो।

भेलाले सभापति देउवाले गरेको विभाग गठनलाई अस्वीकार गर्ने निर्णय गरेको आजको कान्तिपुर दैनिकमा समाचार छ।

प्रतिक्रिया दिनुहोस्