काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले बसिरहेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १२ बजेबाट बैठक शुरू भएको हो।
सचिवालय बैठक बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा लैजाने निर्णयसँगै विकसित पछिल्लो घटनाक्रममा केन्द्रित रहेको बालुवाटार स्रोतले देखापढीलाई बतायो।
यसअघि १४ फागुनको सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिसका लागि सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो।
अर्थमन्त्री डा. युवराज खतिवडालाई मन्त्रिपरिषद्मा निरन्तरता दिन चाहेका प्रधानमन्त्री ओली गौतमको प्रस्ताव कार्यान्वयन नगर्ने निर्क्योलमा पुगेको सार्वजनिक भएसँगै नेकपामा विवाद बढेको छ।
अर्का अध्यक्ष पुष्पकमल दाहालले १६ फागुनमा चितवन पुगेर 'प्रधानमन्त्रीले नै बामदेवलाई राष्ट्रियसभामा सिफारिस गर्ने' बताएका थिए।
नेकपाभित्र नेताहरूबीच गौतमलाई राष्ट्रिय सभामा लैजाने र खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिने मध्यमार्गी विकल्पमा छलफल भइरहेकाले यही धारमा सचिवालयले निर्णय गर्ने सम्भावना भएको एक नेताले बताएका छन्।
" /> काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले बसिरहेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १२ बजेबाट बैठक शुरू भएको हो।

">