सुनमा डलरकाे प्रभाव, प्रतितोला १२ सय घट्यो

काठमाडौं। प्रतितोला ८० हजार रूपैयाँ नाघेको सुनको मूल्य आज भने एक तोलामै १२ सय रुपैयाँ घटेको छ।

नेपाल सुन चाँदी व्यवसायी संघले आजको लागि सुनको मूल्य प्रतितोला ७८ हजार रूपैयाँ तोकेको छ।

१६ फागुन (शुक्रबार) सुनको मूल्य प्रतितोला ७९ हजार २ सय रुपैयाँ तोकिएको थियो। केही सातादेखि निरन्तर उकालो लागेको सुनको मूल्य शुक्रबारबाट भने घट्न थालेको हो। डलरको मूल्य बढ्न थालेपछि त्यसको असर सुनको मूल्यमा परेको छ।

कोरोना भाइरस संक्रमणका कारण विश्वभरको अर्थतन्त्र प्रभावित हुँदा लगानीकर्ताले सुनमा लगानी बढाउँदा मूल्य आकाशिएको थियो।

त्यसैगरी, चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर ८ सय ६० रुपैयाँमा आइपुगेको छ। १६ फागुनमा चाँदी तोलाको ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्