प्रधानमन्त्री ओलीले २१ फागुनमा त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने <p>काठमाडौं। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)&nbsp;अध्यक्ष केपी शर्मा ओलीले आगामी २१ फागुनमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण गर्ने भएका छन्।</p> <p>त्यसका लागि १९ फागुनमा उनी अस्पताल भर्ना हुनेछन्। आज बसेको नेकपा केन्द्रीय सचिवालयको बैठकमा प्रधानमन्त्री ओलीले आफूले मिर्गौला प्रत्यारोण गर्न लागेको जानकारी गराएका हुन्।</p> <p>नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै आजको बैठकमा अन्य विषयमा छलफल नभएको र प्रधानमन्त्रीको सफल शल्यक्रियाको कामना गरेको बताए।</p> <p>प्रधानमन्त्री ओलीले दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न लागेका हुन्।&nbsp;यसअघि १२ वर्ष पहिले प्रत्यारोपण गरेका ओलीको मिर्गौलामा समस्या आएपछि नियमित डायलासिस भइरहेको थियो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्