काठमाडौं।  देशको सबैभन्दा ठूलो सबस्टेशन निर्माण सम्पन्न हुनै लाग्दा कोरोनाको प्रभावमा परेको छ।

नेपालको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापार गर्ने लक्ष्यका साथ धनुषामा निर्माणाधीन ४०० केभी क्षमताको ढल्केबर सबस्टेशनको काम प्रभावित भएको छ।

‘ग्यास इन्सुलेटेड सबस्टेशन (जिआईएस)का उपकरणको सञ्चालन परीक्षण गर्न कोरोना भाइरसले गर्दा चिनियाँ इञ्जिनियर आउन नसक्दा सबस्टेशनको निर्माण प्रभावित भएको नेपाल विद्युत् प्राधिकरणले बताएको छ।

पूर्व-पश्चिम विद्युत् आपूर्ति र भारतसँग विद्युत् व्यापारका लागि निर्माण गरिएको जिआईएस प्रविधियुक्त स्वचालित ढल्केबर सबस्टेशन मुलुकभित्रको सबैभन्दा ठूलो सबस्टेशन भए पनि निर्माण सम्पन्न हुनै लाग्दा कोरोनाको प्रभावमा परेको हो।

सबस्टेशनको उपकरण जडानमा खटिएका प्राविधिकले अहिलेकै अवस्थामा चिनियाँ इञ्जिनियर निर्माण क्षेत्रमा आउन नसक्ने र आएको खण्डमा पनि काम नहुने अवस्था देखिएको छ। चीनबाट आएका इञ्जिनियरलाई १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने हुँदा तत्काल उनीहरू आउँदा पनि आयोजनाको काम करीब साढे एक महीना ढिला हुने देखिएको छ। आयोजनाले आजदेखि उपकरणको सञ्चालन परीक्षणको तयारी गरेको थियो।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोरोना भइरसका कारण चिनियाँ इञ्जिनियर आउन नसक्दा निर्माणको अन्तिम चरणमा पुगेको सबस्टेशनको काम प्रभावित भएको बताए।

गत पुसभित्र निर्माण सम्पन्न गरी सञ्चालन गर्ने लक्ष्यका साथ काम भएको सबस्टेशनको जाडोमा तराईमा चलेको शीतलहरका कारण उपकरण जडान प्रभावित हुँदा करीब डेढ महीना ढिलाइ भइसकेको छ।

“जिआईएस तथा अरू उपकरण जडान भइसकेका छन्, चीनमा उत्पादित उपकरण भएकाले सञ्चालन परीक्षणका लागि चिनियाँ इञ्जिनियर आउनुपर्छ, कोरोना भाइरसका कारण उनीहरू आउन नसक्दा सवस्टेशन सञ्चालन हुने मिति धकेलिएको हो”, उनले भने।

गत पुसभित्र निर्माण सम्पन्न गरी सञ्चालन गर्ने लक्ष्यका साथ काम भएको सबस्टेशनको जाडोमा तराईमा चलेको शीतलहरका कारण उपकरण जडान प्रभावित हुँदा करीब डेढ महीना ढिलाइ भइसकेको छ। पछिल्लो पटक आगामी चैतभित्र सबस्टेशन सञ्चालनमा ल्याउन लक्ष्य राखिएको छ। सबस्टेशन चार्ज भएपछि नेपाल-भारतबीच करीब एक हजार मेगावाट विद्युत् आयात तथा निर्यातका लागि पूर्वाधार तयार हुनेछ।

त्यसकासाथै ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहजरूपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिनेछ।
सबस्टेशनमा रहने ट्रान्सफर्मरको क्षमता ९४५ केभीए छ।

कूल २२० केभी प्रसारण लाइनमार्फत् ढल्केबर सबस्टेशनमा आएको माथिल्लो तामाकोशीको विद्युतलाई त्यहाँबाट आन्तरिक खपतका लागि पूर्व र पश्चिम पठाउन मिल्ने गरी संरचना बनाइएको छ। वर्षायाममा बढी भएको विद्युत् ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत् भारत निर्यात गर्न सकिनेछ। सो प्रसारण लाइनको क्षमता ४०० केभी रहेको छ।

यस्तै, हिउँदमा आवश्यक परेमा ६०० मेगावाटसम्म विद्युत् आयात गर्न सकिन्छ भने दुई मुलुकबीच इनर्जी बैंकिङ गर्नसमेत मार्ग प्रशस्त हुनेछ। दुई मुलुकबीच इनर्जी बैंकिङ गर्ने विषयमा यसअघि नै सहमति भइसकेको छ।

प्राधिकरणका अनुसार सबस्टेशनमा ३१५ एमभीए क्षमताका तीन वटा गरी ९४५ एमभीए क्षमताका पावर ट्रान्सफर्मर रहने छन्। जसले करीब ९०० मेगावाट विद्युत्लाई प्रसारण गर्न सक्दछन्।

हाल ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन २२० क्षमतामा मात्रै सञ्चालनमा रहेको छ। ढल्केबरमा ४०० केभीको सबस्टेशन निर्माण सम्पन्न भएपछि यो प्रसारण लाइनसमेत ४०० केभीमा सञ्चालन हुनेछ।

प्राधिकरणका अनुसार सबस्टेशनमा ३१५ एमभीए क्षमताका तीन वटा गरी ९४५ एमभीए क्षमताका पावर ट्रान्सफर्मर रहने छन्। जसले करीब ९०० मेगावाट विद्युत्लाई प्रसारण गर्न सक्दछन्। नेपाल सरकार र प्राधिकरणको करीब दुई अर्ब लगानीमा निर्माणाधीन ४००/२२० केभीको ढल्केबर सबस्टेशन ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेशन हो। सरकारले बजेटमार्फत् आगामी आर्थिक वर्षभित्रमा ४०० केभीको ढल्केबर सवस्टेशन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने घोषणा गरेको छ।

सबस्टेशन निर्माण भारतीय कम्पनी एबीबी र परामर्शदाताको काम नेपाली कम्पनी एनइए इञ्जिनियरिङले गरिरहेको छ। प्राधिकरण र कम्पनीबीच सबस्टेशन निर्माणका लागि ८ डिसेम्बर २०१७ मा ठेक्का सम्झौता भएको थियो।

प्राधिकरणले मकवानपुरको हेटौँडा र सुनसरीको इनरुवामा पनि ४००/२२० केभीको सबस्टेशन निर्माण गरिरहेको छ। उत्पादित विद्युतको आन्तरिक खपत एवं द्विपक्षीय तथा क्षेत्रीय विद्युत् व्यापार प्रवर्द्धनका लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणालीको विस्तार तथा सुदृढीकरण गरिएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ। रमेश लम्साल/रासस

" /> काठमाडौं।  देशको सबैभन्दा ठूलो सबस्टेशन निर्माण सम्पन्न हुनै लाग्दा कोरोनाको प्रभावमा परेको छ।

"> ढल्केबर सबस्टेशनमा कोरोनाको प्रभाव, चिनियाँ इञ्जिनियर नआउँदा उपकरणको सञ्चालन परीक्षण भएन: Dekhapadhi
ढल्केबर सबस्टेशनमा कोरोनाको प्रभाव, चिनियाँ इञ्जिनियर नआउँदा उपकरणको सञ्चालन परीक्षण भएन

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्