काठमाडौं। दुई दिनसम्म चल्ने बंगलादेशसँगको व्यापार वार्ताको लागि नेपाली टोली १९ फागुनमा ढाका प्रस्थान गर्ने भएको छ। बंगलादेशको ढाकामा २० र २१ फागुनमा पाँचौं सचिवस्तरीय बैठक हुँदै छ।
बैठकमा नेपाल र बंगलादेशबीच विभिन्न ९ ओटा अजेन्डामा छलफल हुने छ। बैठकमा २० प्रकारका नेपाली निर्यातयोग्य वस्तुको सहज निर्यात तथा सोही परिमाणको बंगलादेशी वस्तुको सहज आयातका विषयमा छलफल हुने छ।
जसमध्ये नेपालले हर्बल प्रडक्ट, अमरिसो, अदुवा, चिया, धागो, तरकारी जस्ता वस्तुको निर्यातको विषयमा छलफल केन्द्रित हुने छ। छलफलका क्रममा उक्त वस्तुमा लगाइएको उच्च भन्सारदर घटाउन नेपाली पक्षले पहल गर्ने छ।
विभिन्न वस्तु गरी नेपालबाट बंगलादेशतर्फ विभिन्न ७६ ओटा वस्तुको निर्यात सम्भावना छ। जसमध्ये डेरी प्रडक्ट, विभिन्न प्रकारका तरकारी लगायतका वस्तु गरी उक्त संख्यामा नेपाली उत्पादनहरू बंगलादेश निर्यात सम्भावना छ।
वार्तामा नेपालको साल्ट टे«डिङ र बंगलादेशको नेश्नल ट्रेडिङबीच समझदारी पत्र (एमओयू)मा हस्ताक्षर हुनेछ। यस्तै, दुई देशको क्वारेन्टाइनका विषयमा पनि समझदारी पत्र मा हस्ताक्षर हुने बताइएको छ।
सन् २००९ सम्म बंगलादेशसँगको व्यापारमा नेपाल नाफामा थियो। तर, २०२० सम्म आइपुग्दा नेपाल घाटामा छ। नेपालबाट निर्यात बढाएर त्यसलाई न्यूनीकरण गर्ने विषयमा वार्ता केन्द्रित हुने वाणिज्य सचिव डा. बैठकुण्ठ अर्यालले बताए।
वाणिज्य सहसचिव नवराज ढकालले नेपालको काँकडभिट्टाबाट भारतको फूलबारी हुँदै बंगलादेशको बंगलाबन्ध नाकाको स्तरोन्नतीमा जोड दिइने बताए। यस्तै, नेपाल र बंगलादेशका नागरिक एकअर्को देशमा भ्रमणमा जाँदा भिषा सहजै उपलब्ध गराउने विषयमा समेत छलफल हुने सहसचिव ढकालले बताए।
" /> काठमाडौं। दुई दिनसम्म चल्ने बंगलादेशसँगको व्यापार वार्ताको लागि नेपाली टोली १९ फागुनमा ढाका प्रस्थान गर्ने भएको छ। बंगलादेशको ढाकामा २० र २१ फागुनमा पाँचौं सचिवस्तरीय बैठक हुँदै छ।बैठकमा नेपाल र बंगलादेशबीच विभिन्न ९ ओटा अजेन्डामा छलफल हुने छ। बैठकमा २० प्रकारका नेपाली निर्यातयोग्य वस्तुको सहज निर्यात तथा सोही परिमाणको बंगलादेशी वस्तुको सहज आयातका विषयमा छलफल हुने छ।

">