करेक्सनमा आयो शेयर बजार, नाफा सुरक्षित गर्नेहरु हाबी हुँदा अहिलेसम्मकै उच्च कारोबार

काठमाडौं। साताको पहिलो दिन शेयर बजारमा ४१ अंकले गिरावट आएको छ भने कारोबार अहिलेसम्मको सबैभन्दा उच्च रहेको छ।

धितोपत्र बजारमा आज चार अर्ब ८४ करोड ७४ लाख ३७ हजार ५०५ रूपैयाँको शेयर कारोबार भयो।

नाफा सुरक्षित गर्नेहरू बढेका कारण शेयर बजारमा कारोबारको आकार पनि बढेको हो।

आज नेप्से परिसूचक ४०.८२ अंकले घटेर १५९१.३६ विन्दुमा झरेको छ। १८३ कम्पनीको एक करोड २५ लाख १७ हजार २१७ कित्ता शेयर किनबेच भएको छ।

सबैभन्दा धेरै एनएमबि बैंकको २६ करोड ६३ लाख बराबरको शेयर किनबेच भएको भने ग्लोबल आइएमई बैंकको पनि २५ करोड ८५ लाख बराबरको कारोबार भएको छ। आज ४ कम्पनीको मात्रै एक अर्ब बढीको शेयर किनबेच भएको थियो।

आजको कारोबारमा सबैभन्दा धेरै मितेरी डेभलपमेन्ट र मन्जुश्री फाइनान्सको करीब दश प्रतिशतले शेयर मूल्य बढेको छ। सबैभन्दा धेरै बोटलर्स नेपाल तराईको शेयर मूल्य घटेको छ।

प्रतिक्रिया दिनुहोस्