काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जाजरकोटले पार्टी कार्यक्रममा खादा, माला र अबिर प्रयोग नगर्ने भएको छ।
पार्टी एकता सुदृढिकरण तथा जनसम्बन्ध विस्तारका लागि सञ्चालन गरिने तीन महीने अभियान र आउँदा दिनमा गरिने सबैखाले कार्यक्रममा माला, खादा र अबिर प्रयोग नगर्ने नेकपा जाजरकोटले निर्णय गरेको हो।
‘समाजभन्दा व्यक्तिलाई सर्वोपरि राख्ने सामन्तवादलाई त विदाई गर्यौँ तर, सामन्तवादका अवशेषहरू हाम्रो बीचमा जिवीत छन्”, नेकपा जाजरकोटले भनेको छ, ‘अतः भड्किलो जीवनशैली झल्कने खादा, माला र अबिर जात्रालाई आम बनाउने शैलीको अन्त गर्नेछौं। अभियानको बीचमा कहीँपनि खादा, माला र अबिर जात्रा गर्ने छैनौं।’
यसैगरी, आफ्नो विज्ञापन आफैं गर्ने, आफ्नो प्रचारको लागि सम्पूर्ण तरिका प्रयोग गर्ने, मञ्चमा आफ्नो मर्यादा समेत बिर्सिएर प्रस्तुत हुन तछाडमछाड गर्ने शैली बुर्जुवा शैलीको भद्दा नमुना भएको नेकपा जाजरकोटले ठहर गरेको छ।
कार्यक्रमको आधाजसो समय अतिथि आसन ग्रहणमै खर्चने अवस्थाको अन्त्य गर्न आश्यकता र औचित्यका आधारमा मात्र अथिति बनाउने निर्णय पनि गरिएको नेकपा जाजरकोटका अध्यक्ष ढकबिर रानाले बताए।
“कार्यक्रममा बोल्ने वक्ताहरूले विषयको गहिरो अध्ययन गर्ने, विषय बाँडेर बोल्ने, निर्धारित समयमा आकर्षक तरिकाले बोल्ने शैलीको विकास गर्ने विषय पनि समेटिएको छ”, अध्यक्षले रानाले भने।
आउँदो १ चैतदेखि जेठ मसान्तसम्म अभियान सञ्चालन गरिनेछ।
घरदैलो पदयात्रा, टोल भेला र टोल सभा, वैशाखको तेस्रो हप्तामा प्रदेश निर्वाचन क्षेत्रस्तरीय भेला तथा बैठक र ३ जेठमा पार्टी एकता एवं मदन–आश्रित स्मृति दिवसको अवसरमा जिल्लास्तरमा साताव्यापी र्यालीसहित जनसभा गरिने नेकपा जाजरकोटका सचिव करबिर शाहीले बताए।
यसका लागि चैत पहिलो साता तयारी भेला तथा बैठक आह्वान गरिएको छ। १ र २ चैतमा भेरी नगरपालिका एवं ३ र ४ चैतमा कुशे गाउँपालिकामा तयारी भेला र बैठक गरिनेछ। भेरी र कुशेमा नेकपाका केन्द्रीय सदस्य एवं जाजरकोट सहइञ्चार्ज निरज आचार्य र जिल्ला अध्यक्ष रानालाई सहजकर्ताको जिम्मेवारी दिइएको सचिव शाहीले बताए।
उनका अनुसार १ र २ चैतमा नलगाड नगरपालिका तथा जुनिचाँदे गाउँपालिका, ३ र ४ चैतमा छेडागाड नगरपालिका तथा बारेकोट गाउँपालिकामा पालिकास्तरीय बैठक तथा भेला गरिनेछ।
यस्तै, ५ र ६ चैतमा शिवालय गाउँपालिकामा तयारी बैठक र भेला हुनेछ। नलगाड र बारेकोटमा जिल्ला इञ्चार्ज एवं राष्ट्रिय सभा सदस्य भैरव सुन्दर श्रेष्ठ र प्रदेश सांसद गणेश सिंहलाई सहजकर्ता तोकिएको छ।
जुनिचाँदे, छेडागाड र शिवालयमा नेकपा केन्द्रीय सदस्य एवं जिल्ला सहइञ्चार्ज रामदीप आचार्य र नेकपा जाजरकोटका सचिव एवं प्रदेश सांसद करबिर शाहीले सहजिकरण गर्नेछन्।
पार्टी एकताको तात्कालीन एवं दीर्घकालीन महत्वलाई पार्टीपंक्ति र जनतामा स्थापित गर्न, नेता/कार्यकर्ता र पार्टी सदस्यहरूमा वैचारिक, संगठनात्मक एवं भावनात्मक एकताको विकास गर्न अभियान चलाइने नेकपाका केन्द्रीय सदस्य तथा जाजरकोट सहइञ्चार्ज निरज आचार्यले बताए।
सबै प्रकारका समूहबन्दी वा गुटबन्दीपूर्ण क्रियाकलापलाई निरूत्साहित गर्न, पार्टीमा वैधानिक व्यवस्था, संगठनात्मक पद्दति र अनुशासनको विकास गर्न तथा पार्टी एकतालाई सुदृढ र सबल तुल्याउन अभियान सञ्चालन गरिने आचार्यले बताए।
“सुखी नेपाली, समृद्ध नेपालको अभियानबाट नै जनताको जनवाद कार्यन्वयन हुन्छ र समाजवादको आधार तयार हुन्छ भन्ने पार्टीको मान्यतालाई स्थापित गर्न पनि अभियानले सघाउने छ”, आचार्यले भने, “जसका लागि सिंगो पार्टीपंक्ति र सबै तहका जननिर्वाचित जनप्रतिनिधिहरूलाई एकताबद्धरूपमा परिचालित हुने बलियो आधार तयार गर्नुपर्नेछ। अभियानले त्यो काम गर्नेछ।”
नेकपा जाजरकोटले आउँदो चैत मसान्तसम्म सदस्य नवीकरण, एकताका बाँकी काम पूरा गर्ने र २५ चैतभित्र वडा कमिटीका बैठक बसी वडा तहका भेला तथा बैठकको कार्ययोजना बनाउनेछ।
सम्बन्धित पालिकाभित्र रहेका आन्दोलनका शहीद परिवार, घाइते तथा अपाङ्गहरूको लगत संकलन, उनीहरूको अवस्थाका बारेमा जानकारी लिने र बेरोजगारहरूको लगत संकलन गर्ने लगायतका कामको योजना बनाउने पनि नेकपाको तयारी छ।
यसैगरी, संघीय, प्रदेश र स्थानीय सरकारले गरेका राम्रा कामहरूको सूची बनाएर जनतालाई जानकारी गराउने तथा पार्टी र सरकारबीच छलफल गर्ने पनि उसको योजना छ।
साथै, स्थानीय तहले गरेका गलत कामको भण्डाफोर पनि गरिने नेकपा जाजरकोटका अध्यक्ष रानाले बताए।
" /> काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जाजरकोटले पार्टी कार्यक्रममा खादा, माला र अबिर प्रयोग नगर्ने भएको छ।पार्टी एकता सुदृढिकरण तथा जनसम्बन्ध विस्तारका लागि सञ्चालन गरिने तीन महीने अभियान र आउँदा दिनमा गरिने सबैखाले कार्यक्रममा माला, खादा र अबिर प्रयोग नगर्ने नेकपा जाजरकोटले निर्णय गरेको हो।

">