भक्तपुर । नेवार समुदायले मान्ने मोहनी नखको आठौं दिन अष्टमीमा कुछी भ्वय् खाने चलन छ ।
कुछी अर्थात् दुई माना र भ्वय्को अर्थ हुन्छ, भोज । आज साँझ नेवार समुदायमा दुईमाना चिउरा राखेर भोज खाने परम्परा छ ।
संस्कृतिविद् ओम धौभडेलका अनुसार पहिले यसलाई कुलः छि भ्वय् भनिन्थ्यो । पछि यो अपभ्रशं भएर कुछी भ्वय् भन्न थालिएको हो ।
आफ्नो कुलका दाजुभाइसँगै बसेर खाने भोज भएकोले यसलाई कुल छि भ्वय् भनिएको उनी बताउँछन् ।
बच्चाहरूले दुई माना चिउरा खान नसक्दा दुई माना जाने कुले वा कुरुवामा कपडा कोचेर खानसक्ने जति राखिदिएर भोज खाने चलन छ ।
नेवारहरूले यो भोज सालको पात वा अन्य थालमा खाँदैनन््, यो भोज केराको पातमै खाने चलन छ ।
केराको ठूलो पात नभेटे सानो एक टुक्रा भएनी केराको पात अगाडि राख्ने धौभडेलले बताए ।
शुरूमा यो भोज चिउरासँगै मासुका परिकार, अचारका परिकार, साग, दही, सिसापुसा (फलफूलका टुक्रा) राखेर घरको पिखालाखी(आँगन)मा स्थापना गरिएको देउता)मा पूजा गरिन्छ ।
यदि परिवारको सदस्य उपस्थित छैनन् भने पनि उसको भोजको भाग छुट्याउने चलन छ । त्यस्तै, आफ्नो घरको लागि फूल ल्याइदिने माली, नङ काट्ने नाउलाई समेत भाग छुट्याइने चलन छ ।
यसले उक्त व्यक्तिको महत्व घरपरिवारमा कति छ भनेर जनाउने धौभडेलको भनाइ छ ।
भोज खान घरको जेठो व्यक्तिदेखि सानोसम्म क्रमबद्ध रुपमा सुकुलमा बस्छन् । यो भोज आफ्नै परिवारजन मात्रै बसेर खान्छन् ।
विवाहित छोरी, आफन्त लगायतलाई यो भोजमा सरिक गराइँदैन ।
नेवार समुदायमा कुछी भ्वय्का अलावा थुप्रै प्रकारका भोज खाने चलन छ ।
समय बजी, झो भ्वय्(सुकुलमा लस्करै बसेर खाने भोज), सिउ क्या भ्वय् (बोकाको आँखा, टाउको, नाक, सि लगायत लिएर भोज) गर्ने चलन नेवार समाजमा छ ।
त्यसमध्ये पनि मोहनी नखमा अष्टमीको दिन नेवारहरुले खाने यो कुछी भ्वय्लाई विशेष मानिन्छ ।