नेप्सेको कारोबार समय बढाउने तयारी

काठमाडौं। नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले सेयर कारोबार समय बढाउने तयारी गरेको छ।

नेप्सेले सेयर बजारको कारोबार समय बढाएर ५ घन्टा पुर्‍याउने तयारी गरेको हो।

पछिल्लो समय दोस्रो बजारमा आएको सुधारसँगै नेपाल धितोपत्र बोर्डले एक पत्र लेख्दै नेप्सेलाई कारोबार समय बढाउनू भनेको थियो।

धितोपत्र बोर्डको पत्रसँगै कारोबार समय बढाउन सीडीएसी सफ्टवेयर परिवर्तनको तयारीमा नेप्से लागेको छ।

हाल नेप्सेको कारोबार दैनिक ४ घन्टा (विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म) हुँदै आएको छ।

यसलाई १ घन्टा बढाएर विहान १० बजेदेखि नै सेयर कारोबार खुला गर्ने तयारी नेप्सेले शुरू गरेको हो।

प्रतिक्रिया दिनुहोस्