मन्त्रिपरिषद्मा प्रधानमन्त्रीले भने- 'स्वास्थ्यलाभ गरेर छिट्टै फर्किन्छु, एक साताभित्र अर्को ‘क्याबिनेट’ बस्छ'

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले आफू छिट्टै स्वास्थ्यलाभ गरेर नियमित काममा फर्किने र एक हप्ताभित्र अर्को मन्त्रिपरिषद् बैठक बस्ने बताएका छन्।

१८ फागुन साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा उनले मिर्गौला प्रत्यारोपणका लागि आफू उच्च मनोबलका साथ तयार रहेको बताए।

‘म छिट्टै स्वास्थ्यलाभ गरेर नियमित काममा फर्किन्छु, एक हप्ताभित्र अर्को क्याबिनेट बैठक बस्नेछ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘चिकित्सकहरूले सबै स्वास्थ्य परीक्षण गरेर प्रत्यारोपणको तयारी गरेका छन्। प्रत्यारोपण सफल हुनेमा पूर्ण विश्वस्त छु, उपचारका लागि शारीरिक, मानसिकसहित सबै हिसाबले तयार भएको छु।’

बैठकले प्रधानमन्त्रीको स्वास्थ्यलाभ कामनाको प्रस्ताव पारित गरेको आजको नयाँ पत्रिकामा समाचार छ।

प्रधानमन्त्री ओलीको २१ फागुनमा बुधबार दोस्रोपटक मिर्गौला प्रत्यारोपण हुने भएको छ।

त्यसका लागि उनी आज त्रिवि शिक्षण अस्पताल महाराजगंजमा भर्ना हुँदै छन्।

प्रतिक्रिया दिनुहोस्