कोरोना महामारीबाट जोगिन भ्रमण वर्ष स्थगन गर
" /> कोरोना महामारीबाट जोगिन भ्रमण वर्ष स्थगन गर
"> 'नेपाल भ्रमण वर्ष-२०२०' स्थगित गरी भ्रमण वर्ष-२०२२ को तयारी: Dekhapadhi
'नेपाल भ्रमण वर्ष-२०२०' स्थगित गरी भ्रमण वर्ष-२०२२ को तयारी
काठमाडौं। सरकारले कोरोना भाइरसको संक्रमण विश्वव्यापी फैलिएकाले सतर्कता अपनाउँदै 'नेपाल भ्रमण वर्ष- २०२०' लाई स्थगित गर्ने तयारी गरेको छ।
१८ फागुन साँझ बसेको मन्त्रिपरिषद् बैठकमा कोरोना भाइरसको संक्रमण विभिन्न देशमा फैलिरहेका बेला सतर्कता अपनाउँदै भ्रमण वर्ष स्थगित गर्नेबारे छलफल भएको एक मन्त्रीले देखापढीलाई बताए।
"कोरोनाको संक्रमणबाट नेपाल उच्च जोखिममा छ। बैठकमा गहन छलफल भयो", मन्त्रीले भने, "स्थगनको निर्णय भइहालेको छैन। तर सम्भावना छ।"
"प्रधानमन्त्रीज्यूले अब २०२२ मा भ्रमण वर्ष गर्ने गरी तयारी गर्न निर्देशन दिनुभएको छ", मन्त्रिपरिषद् स्रोतले बतायो।
एक वर्षमा २० लाख पर्यटक ल्याउने उद्देश्यसहित 'नेपाल भ्रमण वर्ष-२०२०' को घोषणा भएको थियो।
प्रचारप्रसार तथा तयारीका लागि अहिलेसम्म करोडौं रूपैयाँ खर्च भइसकेको छ।
यसै क्रममा बहुप्रचारित सगरमाथा संवाद कार्यक्रम अहिलेलाई स्थगित गरिएको छ भने अर्काे सातादेखि अनअराइभल भिसामा पनि रोक लगाइँदैछ।
मन्त्रिपरिषद् बैठकले नेपालमा कोरोनाको संक्रमण भित्रन नदिन २०-२२ चैतमा गर्न लागिएको सगरमाथा संवाद कार्यक्रम अहिलेका लागि स्थगित गर्ने निर्णय गरेको हो।
चीनको वुहान शहरबाट शुरू भएर विश्वभरी उच्च जोखिम निम्त्याएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले पहल नगरेको भन्दै आलोचना भएको थियो।
विश्व स्वास्थ्य संगठनले पनि नेपाललाई कोरोना भाइरसको उच्च जोखिम रहेको देशको सूचीमा राखेको थियो।
यसैक्रममा १७ फागुनमा उपप्रधानमन्त्री पोखरेलको संयोजकत्वको रोकथाम समन्वय समिति बनाइएको थियो।
मन्त्रिपरिषद्ले २४ फागुनदेखि विदेशीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दिँदै आएको अनअराइभल भिसा पनि रोक्ने निर्णय गरेको छ।
पढ्नुहोस्:
कोरोना महामारीबाट जोगिन भ्रमण वर्ष स्थगन गर
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्