काठमाडौं। २००७ सालका योद्धा रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको छ।
रामप्रसाद राई स्मृति प्रतिष्ठानले राईको १११ औँ जन्मयजन्तीका अवसरमा १८ फागुनमा आयोजित कार्यक्रममा प्रतिष्ठानका कार्यवाहक अध्यक्ष पासाङदोर्ची शेर्पाले लोकतन्त्र प्राप्तिमा रामप्रसाद राईको सपना गाँसिएकाले सरकारले उनलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने बताए।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले निरंकुश राणा शासनविरुद्धको क्रान्तिमा मुक्तिसेनाको अगुवाइ गरी देशलाई उज्यालो बनाउन योद्धा राईको भूमिका रहेकोले राष्ट्रिय विभूति घोषणा गराउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
भोजपुर वासिखोरामा जन्मिएका राई अग्रणी क्रान्ति योद्धा भएको भन्दै पूर्वमन्त्री प्रदीप नेपालले सरकारले उचित सम्मान दिनुपर्ने माग गरे। रासस
" /> काठमाडौं। २००७ सालका योद्धा रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको छ।रामप्रसाद राई स्मृति प्रतिष्ठानले राईको १११ औँ जन्मयजन्तीका अवसरमा १८ फागुनमा आयोजित कार्यक्रममा प्रतिष्ठानका कार्यवाहक अध्यक्ष पासाङदोर्ची शेर्पाले लोकतन्त्र प्राप्तिमा रामप्रसाद राईको सपना गाँसिएकाले सरकारले उनलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने बताए।

">