विराटनगरमा म्याद गुज्रेका औषधि बरामद

विराटनगर। विराटनगरका औषधि पसलबाट बिक्रीका लागि राखिएका म्याद गुज्रेका औषधि बरामद गरिएको छ।

औषधि व्यवस्था विभागले सर्वसाधारणको स्वास्थ्यमा खेलवाड गरेर बिक्रीका लागि राखिएका ती औषधि बरामद गरेको हो।

विराटनगर महानगरपालिका-९ न्यूरो हस्पिटल अगाडि सञ्चालित फ्रेन्डसिप फार्मेसीबाट म्याद गुज्रेका विभिन्न १५ प्रकारका १३९ परिमाणको औषधि फेला पारेको विभागका निमित्त कार्यालय प्रमुख दीपेन्द्र खड्काले जानकारी दिए।

यस्तै आँगन फार्मेसीका संचालक जयकुमार पुलामी मगरलाई नियन्त्रणमा लिइएको छ।

प्राविधिक नराखी औषधि बिक्री वितरण गरेको आरोपमा मगरलाई नियन्त्रणमा लिइएको विभागले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्