उपराष्ट्रपति पुन प्रधानमन्त्रीलाई भेट्न बालुवाटारमा

काठमाडौं। मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उपराष्‍ट्रपति नन्दबहादुर पुन बालुवाटार पुगेका छन्।

उपराष्‍ट्रपति कार्यालय स्रोतका अनुसार उपराष्‍ट्रपति पुनले प्रधानमन्त्री ओलीको सफल शल्यक्रियासहित शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

प्रधानमन्त्री ओलीलाई आजै बिहान भारतीय समकक्षी नरेन्द्र मोदीले खुसी र दीर्घ जीवनको कामना गरेका थिए।

२१ फागुनमा मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली आज महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना हुँदैछन्।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि, २०६४ साल साउनमा भारतको गुडगावँस्थित मेदान्ता अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।

तर, गत कात्तिकदेखि मिर्गौलामा समस्या देखिएपछि उनले नियमित डायलासिस गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्