कोरोना भाइरसका कारण मर्नेको संख्या तीन हजार नाघ्यो, संक्रमित देशको सूचीमा थपियो इन्डोनेसिया

काठमाडौं। संसारभर कोभिड-१९ बाट मर्नेको संख्या तीन हजार नाघेको छ। संयुक्त राज्य अमेरिकामा थप एकजनाको मृत्युसँगै निधन हुनेको संख्या दुई पुगेको छ। त्यस्तै दक्षिण कोरियामा थप पाँच सय जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ।

त्यस्तै दुई जनामा कोरोना संक्रमण भएको पुष्टि भएसँगै इन्डोनेसिया पनि कोभिड-१९ का रोगी भएको देशको सूचिमा परेको छ। १ मार्चमा विश्व स्वास्थ्य संगठनले जारी गरेको स्थिति प्रतिवेदन अनुसार कोरोना संक्रमण फैलिएका देशको संख्या ५८ थियो। गार्जियनले आज बिहान इन्डोनेसियामा पनि संक्रमण फैलिएको जनाएसँगै यो संख्या ५९ पुगेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार १ मार्चसम्म संसारभर ८७ हजार १३७ जनामा संक्रमण फैलिएको छ।

संगठनका अनुसार चीनमा मात्रै मृत्यु हुनेको संख्या दुई हजार ८७३ पुगेको छ। यसपछि सबैभन्दा बढी मृत्यु हुनेहरूको सूचीमा इरान छ जहाँ मृतकको संख्या ४३ पुगेको छ।

संक्रमणको जोखिम बढेसँगै नेपाल सरकारले पनि त्यसबाट जोगिने उपायहरू अपनाउन शुरू गरेको छ। १८ फागुनमा बसेको मन्त्रीपरिषद् बैठकले २०-२२ चैतमा गर्न लागिएको सगरमाथा संवाद कार्यक्रम स्थगित गरेको छ। त्यस्तै अनअराइभल भिसामा पनि रोक लगाउने तयारी गरेको छ।

पढ्नुहोस्ः

कोरोना महामारीबाट जोगिन भ्रमण वर्ष स्थगन गर

'नेपाल भ्रमण वर्ष-२०२०' स्थगित गरी भ्रमण वर्ष-२०२२ को तयारी

प्रतिक्रिया दिनुहोस्