अस्पताल जानुअघि प्रधानमन्त्रीले भिडिओ सन्देशमार्फत् सम्बोधन गर्ने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो भिडिओ सन्देशमार्फत् सम्बोधन गर्ने भएका छन्।

दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुन लागेका प्रधानमन्त्री ओलीले त्यसअघि भिडिओ सन्देश दिन लागेका हुन्।

प्रधानमन्त्री ओली आजै त्रिवि शिक्षण अस्पताल भर्ना हुँदैछन्। उनको पर्सि, २१ फागुनमा मिर्गौला प्रत्यारोपण गर्ने टुंगो लागेको छ।

प्रधानमन्त्री ओलीले आफ्नो उपचार र दोस्रो पटक हुनलागेको मिर्गौला प्रत्यारोपणबारे भिडिओ सन्देशमार्फत् जानकारी गराउने उनको सचिवालय स्रोतले जानकारी दिएको छ।

त्यसैगरी उनले आफू अस्पतालमा रहँदा सरकारले गर्नुपर्ने निर्णय र कार्यसञ्चालनको प्रक्रिया पनि प्रष्ट्याउने बताइएको छ।

दुवै मिर्गौलामा समस्या भएपछि प्रधानमन्त्री ओलीले १२ बर्षअघि मिर्गौला प्रत्यारोपण गरेका थिए।

गत कात्तिकमा मिर्गौलामा पुनः समस्या देखिएपछि प्रधानमन्त्री ओलीले नियमित डायलासिस गराउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्