गाँजा खेतीलाई नियमन गर्न संसदमा विधेयक दर्ता
काठमाडौं। गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक संसद सचिवालयमा दर्ता भएको छ।

पूर्वकानून न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले मस्यौदा तयार पारेर गैरसरकारी विधेयक आज सचिवालयमा दर्ता गराएका हुन्।

सांसदहरूको विशेषअधिकार प्रयोग गर्दै ल्याइएको विधेयकमा राज्यले तोकेको निश्चित ठाउँमा अनुमति लिएर किसानहरुले खेती गर्न पाउने उल्लेख छ।

उनले भने, “गाँजाको क्षेत्र व्यापक रहेको र औषधीय गुण भएकाले किसानहरूसँगै समग्र मुलुकको आर्थिक विकासमा सहयोग पुग्नेछ।

गाँजामाथि लागेको प्रतिवन्ध फुकुवा भएमा युवाहरु विदेशीनुपर्ने बाध्यताको अन्त्य भई स्वदेशमै रोजगारीका अवशरहरू सिर्जना हुने उनको भनाई छ।

विश्व स्वास्थ्य संगठनले पनि गाँजामा औषधीय गुण हुने भनिसकेको अवस्थामा नेपाल पनि यसमाथि लागेको प्रतिवन्ध फुकुवा हुनुपर्ने तामाङले बताए।

अमेरिका क्यानडा लगायत विश्वका ४० मुलुकहरुले गाँजामाथिको प्रतिवन्ध फुकुवा गरेको छ। कानूनमा उत्पादनका सीमा, प्रयोगका सर्तहरु उल्लेख भएकाले यसको जथाभावी कारोबार नहुने तामाङले उल्लेख गरे ।

गाँजा उत्पादनको क्षेत्र विद्यालय भवन र बाल केन्द्रभन्दा १ किलोमिटरको दूरीमा हुनुपर्ने विधेयकमा उल्लेख गरिएको छ।

सांसद तामाङले नेपालीले चिकित्सकको सिफारिसबिना प्रयोग गर्न नपाउने बताए।

नेपालको मौजुदा कानूनले गाँजा खेती र यसको सेवन तथा कारोबारलाई दण्डनीय मानेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्