काेराेना भाइरसकाे संक्रमण फैलिनबाट राेक्ने कदम चाल्न सर्वाेच्च अदालतकाे आदेश
काठमाडाैं। सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमण फैलिन नदिन तत्काल सुरक्षात्मक उपाय अपनाउन सरकारलाई आदेश दिएको छ।

आज न्यायाधीश तेजबहादुर केसीको इजलासले त्यस्तो आदेश दिएको हो। १८ फागुनमा अधिवक्ता पूर्ण राजवंशीले कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले अपनाउनुपर्ने सतर्कतासम्बन्धी विभिन्न चार वटा माग राखेर रिट दायर गरेका थिए।

त्यसको पहिलो सुनुवाईमै आज सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको हो। अधिवक्ता राजवंशीका अनुसार उनले रिटमा विमानस्थलमा अहिले भइरहेको जाँच प्रभावकारी नभएकोले त्यहाँ पर्याप्त चिकित्सक र उपकरण राख्न तथा शंकास्पद देखिए तुरुन्तै आइसोलेटेड वार्डमा राखि उपचार गर्न सरकारका नाममा आदेश दिन माग गरेका थिए।  चीनसँगका हरेक नाकामा ‘हेल्थ डेस्क’ राखि त्यहाँबाट नेपाल भित्रने विदेशीलाई निगरानीमा राख्न माग गरेका थिए।

घरबाट बाहिर निँस्कदा मास्क लगाउन तथा भेटघाटमा हात नमिलाउन अपिल गर्ने जनचेतनामूलक कार्यक्रम संचालन गर्न, केही समयका लागि विद्यालय र कलेजहरू बन्द गर्न पनि आफूले रिटमा माग गरेको राजवंशीले देखापढीलाई बताए।

त्यस्तै उनले चीन, दक्षिण कोरिया, जापान जस्ता कोरोना भाइरसको अति प्रभावित देशमा तत्काल हवाई उडान रोक्न तथा केही समयसम्मका लागि ती देशका नागरिकलाई भिसा नदिने निर्णय गर्न पनि माग गरेका थिए। यसबाहेक कोरोनाको संक्रमण फैलिन नदिन उचित उपाय अवलम्बन गर्न सर्वोच्च अदालतले उचित सम्झेको अन्य उपयुक्त आदेश जारी गर्न पनि उनले माग गरेका थिए।

यो रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो। चीनको वुहान शहरबाट फैलिन शुरू गरेको कोरोना भाइरसको संक्रमण १८ फागुनसम्ममा ५९ देशमा पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। संगठनका अनुसार यसको संक्रमणबाट दुई हजार ९७७ जनाले ज्यान गुमाइसकेका छन्।

नेपालमा एक जनामा कोरोना भाइरस संक्रमण देखिएको छ भने संक्रमणको आशंकामा चार जना व्यक्तिलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा निगरानीमा राखिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्