५ वर्षमा ८ प्रतिशत गरीबी घटाउने सरकारको तयारी
काठमाडौं। सरकारले आगामी पाँच वर्षमा नेपालको गरीबीलाई १० प्रतिशतभन्दा तल झार्ने लक्ष्य लिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको योजना आयोगको पूर्ण बैठकले गरीबीलाई पाँच वर्षमा आठ प्रतिशत घटाउने योजना बनाएको हो।
हाल नेपालमा १८ प्रतिशत गरीबी रहेकोमा त्यसलाई आगामी पाँच वर्षमा १० प्रतिशतभन्दा तल झार्ने निर्णय भएको आयोगले बताएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आयोगको पूर्ण बैठकले आफ्नो १५औं योजनालाई पारित गर्दै यस्तो लक्ष्य लिएको हो।
योजनाअनुसार आगामी पाँच वर्षको अवधिमा सरकारले नेपालको आठ प्रतिशतभन्दा बढी गरीबी घटाउनु पर्छ। १५ योजनाको आधारपत्र गत १७ वैशाखमा तयार भएको थियो। त्यसको झण्डै ११ महीनापछि पारित भएको हो।
योजना आयोगका प्रवक्ता मिनबहादुर शाहीले विगतमा बनेको योजनाभन्दा यस पटक बनेको १५ औं योजनाले वृहत्तर योजनाहरू समेटेको बताए। उनले भने, ‘‘संघीय प्रणालीमा मुलुक गएको लामो समयपछि यति धेरै योजनाहरू समेटेर आएको पहिलो योजना हो।’’
बैठकले समृद्धि हाासिल गर्न १० ओटा राष्ट्रिय लक्ष्यहरू समेत निर्धारण गरेको छ। शाहीका अनुसार योजनाले सबै प्रदेशको खण्डिकृत योजनालाई समेत समेटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्