कोरोनासँग जुध्न बेलायतमा आपतकालीन बैठक
काठमाडौं। बढ्दो संक्रमणलाई मध्यनजर गर्दै आज त्यहाँ बेलायती सरकारको ‘कोब्रा राष्ट्रिय सुरक्षा परिषद्’को आपतकालीन बैठक बस्दै छ। उक्त बैठकको अध्यक्षता बेलायती प्रधानमन्त्री बोरिस जोनसनले गर्ने भएका छन्।

बैठकमा प्रधानमन्त्री जोनसनले कोरोना संक्रमणसाग जुध्न सरकारले गरेका तयारी बताउने छन्।

बेलायतको जनस्वास्थ्यमा काम गर्ने संस्था ‘पब्लिक हेल्थ इंग्ल्याण्ड’ले त्यहाँ संक्रमण फैलिने जोखिम उच्च रहेको बताएको छ। मेडिकल निर्देशक प्राध्यापक पउल कोसफोर्डले देश तयारी अवस्थामा रहनुपर्ने जनाएका छन्।

"यो संक्रमण हाम्रा लागि निकै चुनौतीपूर्ण हुनेछ त्यसैले यो फैलिन नदिन हामीले जेजे सक्छौं गर्नुपर्नेछ", प्राध्यापक कोसफोर्डले भने।

१८ फागुनमा मात्रै बेलायतमा १३ जना नयाँ संक्रमित फेला परेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्