काठमाडौं। नेपाली कांग्रेसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रबन्ध गरिएको स्वास्थ्य परीक्षण कामचलाउ रहेको भन्दै आपत्ति जनाएको छ।

कांग्रेसले कोरोनाका सन्दर्भमा १४ बुँदे अपिल जारी गर्दै विमानस्थलमा स्वास्थ्य जाँचको प्रक्रिया फितलो रहेको बताएको हो।

पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले  कोरोना भाइरसका विषयमा सरकार गम्भीर नभएको र सरकारले गरेको प्रयत्न अपर्याप्त रहेको जिकिर गरे।

उनले सरकारलाई यस विषयमा गम्भीर हुन आग्रह गरे। “हवाई मार्गबाट मात्रै होइन, स्थलमार्गबाट पनि आवागमन हुने गरेको छ”, उनले भने, “त्यसैले स्थलमार्गको प्रवेशद्वारमा पनि कडाइ गर्नुपर्छ।”

यस्तै एन ९५ मास्कको अभाव देखिन थालेकाले बजारमा मास्कको अभाव हुन नदिने व्यवस्था सरकारले गर्नुपर्ने शर्माको भनाइ छ। “संक्रमण फैलन थालेपछि मास्कको व्यवस्था गरौंला भन्याैं भने यसले भयावह स्थिति सिर्जना हुन्छ”, उनले भने, “साथै संक्रमण फैलियो सबैभन्दा कोरोनासँग जुध्ने भनेको स्वास्थ्यकर्मीनै हुन्, त्यसैले स्वास्थ्यकर्मीका लागि एप्रोन, उपकरण, किटलगायतको प्रबन्धका विषयमा सरकार तयारी अवस्थामा बस्नुपर्छ।”

यस्तै अहिले रहेको क्वारेन्टाइन अपर्याप्त रहेकाले युद्धस्तरमा अन्य क्वारेन्टाइन निर्माणमा सरकार लाग्नुपर्ने उनको भनाइ छ। “जसरी अन्य राष्ट्रिय मुद्दामा हामीले सरकारलाई सहयोग गरेका थियौं, त्यसैगरी कोरोनासँग जुध्ने सम्बन्धमा पनि सरकारलाई कांग्रेसको सदैव सहयोग रहन्छ”, उनले भने।

यस्तै कांग्रेसले पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद प्रकरणमा गरेको ‘कमिसन डिल’ गरेको अडियो टेप सार्वजनिक भइरहँदा पनि सम्बन्धित निकायबाट कारबाहीको प्रक्रिया शुरू नहुनु गम्भीर विषय भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ।

त्यसै गरी पार्टीले गरेको मनोनयन प्रक्रिया आचारसंहिता विपरीत नभएको प्रवक्ता शर्माले स्पष्ट पारेका छन्। “विधानमा १० जना मनोनयन गर्ने प्रावधान छ तर, अन्य राजनीतिक दलबाट आएकाको हकमा सभापतिले थप १० जना मनोनयन गर्न पाउने प्रावधान पनि छ, त्यसको आकारभन्दा माथि गएका छैनौं”, शर्माले भने।

" /> काठमाडौं। नेपाली कांग्रेसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रबन्ध गरिएको स्वास्थ्य परीक्षण कामचलाउ रहेको भन्दै आपत्ति जनाएको छ।

"> कांग्रेसले भन्यो- ‘अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य जाँच प्रक्रिया फितलो छ’: Dekhapadhi
कांग्रेसले भन्यो- ‘अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य जाँच प्रक्रिया फितलो छ’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्