कोरोनाका कारण आर्थिक मन्दी आउने ओईसीडीको चेतावनी

काठमाडौं। कोभिड-१९ को महामारीले युरोपमा मन्दी आउनसक्ने र यो वर्ष विश्व अर्थतन्त्र वृद्धिमा आधाजसोले कटौती हुनसक्ने चेतावनी अर्थशास्त्रीहरूले दिएका छन्।

‘अर्गनाइजेसन फर इकोनोमिक को-अपरेसन एन्ड डेभलपमेन्ट’ (ओईसीडी) ले युरोपको ठूलो अर्थतन्त्रमा संकुचन आउनसक्ने जनाएको छ।

त्यस्तै यो वर्ष २.९ प्रतिशत रहने अनुमान गरिएको वृद्धिदर घटेर १.५ प्रतिशत पुग्ने अनुमान गरिएको छ।

३६ वटा धनी देशहरूको यो थिंक ट्यांकले जापानमा पनि मन्दी आउनसक्ने उल्लेख गरेको छ।

ओईसीडीले कोभिड-१९ का कारणा सन् २००८ पछिकै सबैभन्दा ठूलो वित्तीय संकट भोग्नुपर्नेमा सावधान गराएको छ। यसको असर अरू देशमा पनि पर्ने उसको अनुमान छ।

चीनिया अर्थतन्त्र भने अझै ठूलो क्षतिबाट गुज्रिनसक्ने अनुमान गरिएको छ। सन् २०१९ मा ६.१ रहेको चीनको आर्थिक वृद्धिदर पाँच प्रतिशतमा खस्किने अनुमान गरिएको छ। -इनडिपेन्डेन्टबाट

प्रतिक्रिया दिनुहोस्