काठमाडौं। आफूसँग भएको मिर्गाैला अर्काे व्यक्तिलाई दान गर्नु महान् र पुण्य काम हो। मिर्गौला पाउने व्यक्तिले एउटा अंग मात्र होइन नयाँ जीवन नै पाउँछ। तर, के रगत दिएजस्तै जसले पनि मिर्गौला दान गर्न मिल्छ त ?
सबैले सबैलाई चाहँदैमा मिर्गौला दान गर्न मिल्दैन। नेपालको कानूनले यसका केही सीमा तोकेको छ। मानव अंग प्रत्यारोपण ऐन अनुसार मिर्गौला दिने व्यक्तिको लिने व्यक्तिसँग नाता हुनुपर्छ। नाता पर्नेसँग बाहेक अरुसँग मिर्गौला लिन मिल्दैन।
यो त भयो कानूनले तोकेको सीमा। तर, नाता मिल्दैमा मात्र पनि मिर्गौला दिन मिल्दैन। मिर्गौला दिन मिल्ने, नमिल्ने विषय सबैभन्दा बढी स्वास्थ्यसँग जोडिन्छ।
मिर्गाैला दान गर्ने व्यक्ति हरेक हिसाबले पूर्णतः स्वस्थ हुनुपर्छ। मिर्गाैला लिने र दिने दुबै व्यक्तिको रक्तसमूह मिल्नु अनिवार्य छ। दुईमध्ये एक जनाको ‘यूनिभर्सल’ समूह भएर मात्रै पनि हुँदैन।
“यूनिभर्सल ग्रुप इमरन्जेसीमा प्रयोग गर्ने हो, यस्तोमा सम्बन्धित ग्रुपकै ब्लड भएन भने रियाक्सन हुन सक्छ”, मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले भन्छन्, “यसकारण मिर्गाैला प्रत्यारोपण गर्दा ब्लड ग्रुप म्याचिङ महत्वपूर्ण छ।”
तर, यतिले मात्र पनि मिर्गौला दिन योग्य भइँदैन।
मिर्गौला दान गर्ने व्यक्तिलाई कुनै पनि संक्रमण भएको हुनुहुँदैन। एचआईभी, क्षयरोग आदिको संक्रमण भएको व्यक्तिले मिर्गाैला दान गर्न मिल्दैन।
“मिर्गाैला दिने व्यक्तिसँग दुबै मिर्गाैला हुनुपर्छ र ती उत्तिकै स्वस्थ हुनुपर्छ”, डा. काफ्ले भन्छन्, “मिर्गाैला दान गर्ने व्यक्तिले मिर्गाैला दिएकै कारण रोगी हुने सम्भावना छ भने पनि दिन मिल्दैन।”
यसरकाण मिर्गाैला प्रत्यारोपण गर्नुअघि दुबै जनाको सम्पूर्ण स्वास्थ्य जाँच गरिन्छ।
डा. काफ्लेका अनुसार मिर्गाैला दान गर्ने सबभन्दा उपयुक्त उमेर ३० देखि ५० वर्ष हो। यद्यपी, २० वर्षभन्दा माथिकाले दान गर्न सक्छन्।
कलिलो उमेरमा मिर्गाैला दान नगर्नु नै उपयुक्त मानिन्छ।
र, ६० वर्षभन्दा माथिको व्यक्तिको मिर्गाैला नलिँदा नै उपयुक्त हुन्छ।
मिर्गाैला दान गर्ने व्यक्ति अस्पतालबाट कहिले फर्कन सक्छन् त ?
“सामान्यतया पाँच/सात दिनमा डिस्जार्च भइसक्छ”, वरिष्ठ वरिष्ठ मिर्गाैला रोग विशेषज्ञ डा. काफ्ले भन्छन्, “घरमा डाक्टर बोलाउन नसक्ने अवस्थाको व्यक्ति हो भने पनि ढिलोमा १० दिनभित्र डिस्चार्ज भइसक्छ।”
" /> काठमाडौं। आफूसँग भएको मिर्गाैला अर्काे व्यक्तिलाई दान गर्नु महान् र पुण्य काम हो। मिर्गौला पाउने व्यक्तिले एउटा अंग मात्र होइन नयाँ जीवन नै पाउँछ। तर, के रगत दिएजस्तै जसले पनि मिर्गौला दान गर्न मिल्छ त ?सबैले सबैलाई चाहँदैमा मिर्गौला दान गर्न मिल्दैन। नेपालको कानूनले यसका केही सीमा तोकेको छ। मानव अंग प्रत्यारोपण ऐन अनुसार मिर्गौला दिने व्यक्तिको लिने व्यक्तिसँग नाता हुनुपर्छ। नाता पर्नेसँग बाहेक अरुसँग मिर्गौला लिन मिल्दैन।

">