कोरोना भाइरसको संक्रमणबाट इरानी नेता खामेनेइका सल्लाहकारको मृत्यु

काठमाडौं। इरानी सर्वोच्च नेता आयोतल्लाह खामेनेइको सल्लाहकार परिषद्का एक जना सदस्यको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ।

७१ वर्षीय मोहम्मद मिरमोहमादीको १९ फागुनमा तेहरान अस्पतालमा मृत्यु भएको त्यहाँको सरकारी रेडियोजना पुष्टि गरेको छ।

कोरोना भाइरसको संक्रमणबाट चीन बाहिर सबैभन्दा बढी व्यक्तिको निधन भएको इरानमा मिरमोहमादी अहिलेसम्म मृत्यु भएकामध्ये उच्च राजनीतिक व्यक्ति हुन्।

सल्लाहकार परिषद्ले सर्वोच्च नेता खामेनेइलाई सल्लाह दिनुको साथै उनी र संसदबिचको द्वन्द्व घटाउन पनि मध्यस्थता गर्दछ।

कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्न बनाइएको ‘टाक्स फोर्स’ का प्रमुख इराज हरिर्ची पनि संक्रमित भएका छन् । इरानका १२ मध्ये एक जना उपराष्ट्रपति पनि कोरोना भाइरसबाट यसअघि नै संक्रमित भइसकेकी छिन्।

इरानमा अहिलेसम्म ९७८ जना संक्रमित भएकोमा ५४ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्