काठमाडाैं। नेपाल-बंगलादेश वाणिज्य सचिवस्तरीय संयन्त्रको पाँचाैं बैठक भोलि, २० फागुनदेखि बंगलादेशकाे ढाकामा हुँदैछ। बैठकमा भाग लिन वाणिज्य सचिव बैकुण्ठ अर्याल नेतृत्वको आठ सदस्यीय प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गरेको छ।
दुईदिनसम्म हुने उक्त बैठकमा नेपाल-बंगलादेश वाणिज्य, व्यापार, लगानीलगायत पारस्परिक व्यापार प्रवर्द्धनका सबै पक्षमा विचार विमर्श हुनेछ। बैठकमा द्विपक्षीय लगानी संरक्षण तथा प्रवर्द्धन सम्झौता (बिप्पा) गर्ने बारेको प्रारम्भिक छलफलसमेत हुने बताइएको छ। बंगलादेशले नेपालसँग बिप्पा गर्न अभिमत व्यक्त गर्दै आएको छ।
बैठकमा वाणिज्य मन्त्रालयका सहसचिव नवराज ढकाल, भन्सार विभाागका महानिर्देशक सुमन दाहाल, खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागका महानिर्देशक मदिना जोशी, साल्ट ट्रेडिङ कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठलगायत छन्। रासस
" /> काठमाडाैं। नेपाल-बंगलादेश वाणिज्य सचिवस्तरीय संयन्त्रको पाँचाैं बैठक भोलि, २० फागुनदेखि बंगलादेशकाे ढाकामा हुँदैछ। बैठकमा भाग लिन वाणिज्य सचिव बैकुण्ठ अर्याल नेतृत्वको आठ सदस्यीय प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गरेको छ।दुईदिनसम्म हुने उक्त बैठकमा नेपाल-बंगलादेश वाणिज्य, व्यापार, लगानीलगायत पारस्परिक व्यापार प्रवर्द्धनका सबै पक्षमा विचार विमर्श हुनेछ। बैठकमा द्विपक्षीय लगानी संरक्षण तथा प्रवर्द्धन सम्झौता (बिप्पा) गर्ने बारेको प्रारम्भिक छलफलसमेत हुने बताइएको छ। बंगलादेशले नेपालसँग बिप्पा गर्न अभिमत व्यक्त गर्दै आएको छ।

">