काठमाडौं। दोस्रोपटक मिर्गौला पत्यारोपण गर्न अस्पताल जानुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न भिडिओ सन्देश जारी गरे।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुन जानुभन्दा ठिक अघि आफ्नै यूट्युब च्यानलबाट अपलोड गरिएको भिडिओ सन्देशमा प्रधानमन्त्री ओली उच्च आत्मबलमा प्रस्तुत भए। उनले भनेका छन्, “सपनालाई बीचमा अलपत्र पारेर म अलप हुन्न।”
करीब साढे तीन मिनेट लामो प्रधानमन्त्रीको भिडिओ सन्देश झट्ट हेर्दा उनको मिर्गौला प्रत्यारोपणमा केन्द्रित देखिन्छ। तर, अलि गहिरिएर हेर्ने हो भने यो भिडिओमार्फत् प्रधानमन्त्रीले तीनवटा अर्थपूर्ण राजनीतिक सन्देश पनि दिएका छन्, जुन मुलतः मुलुकका पछिल्ला राजनीतिक घटनाक्रमसँग जोडिन्छन्।
पहिलो सन्देश- ‘मेरै कारण चुनाव जितेको हो’
प्रधानमन्त्री ओलीले भिडिओ सन्देशमा देशमा विकसित पछिल्लो परिस्थिति र त्यसमा पनि मुलतः आफ्नै दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विकसित घटनाक्रमलाई जोडेका छन्। उनले भनेका छन्, “मेरो सिङ्गो जीवन कुनै न कुनै किसिमको संर्घषमा बित्दै आएको छ। कहिले निरङ्कुशताविरुद्ध लोकतन्त्रको लागि संघर्ष, कहिले राष्ट्रिय हित तथा स्वाभिमानका लागि संघर्ष त कहिले देशमा स्थायित्व नचाहने र हुन नदिनेहरुसँगको संघर्ष।”
‘देशमा स्थायित्व नचाहने’ र ‘स्थायित्व हुन नदिने’ भनेर प्रधानमन्त्रीले कसलाई भनेका हुन् भन्ने त प्रष्ट छैन, तर उनले मुख्यतः आफ्नै पार्टी नेकपाभित्र र केही हद्सम्म पार्टी बाहिरसमेत पछिल्लो समय विकसित घटनाक्रमलाई इंगित गर्न खोजेको भने प्रष्ट छ।
२०७४ सालमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीको पक्षमा आएको परिणाम ‘आफ्नो कारण’ भएको दाबी प्रधानमन्त्रीले बलियोसँग गरेका छन्। उनले भनेका छन्, “कुनै समय मुर्छित रहेका हाम्रा सपनालाई हामी सबै मिलेर जगायौं। त्यसलाई ब्युताउँनका लागि गत निर्वाचनमा मेरो नेतृत्वको वरिपरि तपाईंहरू सबैले आफूलाई उभ्याउनु भयो।”
दोस्रो सन्देश– ‘पूरा कार्यकाल प्रधानमन्त्री म नै हुँ’
प्रधानमन्त्री ओलीले भिडिओमार्फत् दिएको अर्को सन्देश हो– ‘प्रधानमन्त्रीका रूपमा बाँकी कार्यकाल मेरै हो।’
झलनाथ खनाललगायत सत्तारुढ नेकपाकै कतिपय नेताबाट ‘प्रधानमन्त्रीले सरकारको नेतृत्व छाड्नुपर्ने’सम्मका भनाइ आइरहेका बेला प्रधानमन्त्रीले ‘बेष्ट स्ट्राइकरले फुटबल मैदान नछोड्ने’ बताएका छन्।
उनले भनेका छन्, “जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छोड्दैन, त्यसैगरी हाम्रा भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न।”
तेस्रो सन्देश- ‘उपचारका बेला षडयन्त्र नगर’
प्रधानमन्त्रीले ओलीले भिडिओमार्फत् दिएको अर्को सन्देश हो- ‘म अस्पताल बस्दा अनुचित चलखेल र षडयन्त्र नगर्नूृ।’ उनले भनेका छन्, “कोरोना भाइरसका कारण सिर्जना भएको नयाँ समस्या होस् वा भैपरि आउने कुनै पनि विषय, त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न परेको समयमा आवश्यक निर्णय लिन सक्ने संयन्त्र र अन्य व्यवस्था मिलाएको छु।”
राजनीतिशास्त्री, प्राध्यापक कृष्ण पोखरेलले प्रधानमन्त्री ओलीले भिडिओ सन्देशमार्फत् ‘मलाई राष्ट्रिय राजनीतिबाट कसैले नजरअन्दाज गर्न सक्दैन’ भन्ने प्रष्ट सन्देश दिएको बताए।
“मुख्य खेलाडी म हुँ, अहिले पनि यो मुलुकको शासन मेरो कमाण्डमा छ, अप्रेसन गरेर आएपछि पनि मेरै कमाण्डमा रहन्छ भन्ने प्रष्ट सन्देश प्रधानमन्त्रीले दिनुभयो”, पोखरेलले भने, “यो बिरामी भयो, अब सक्दैन भन्ने अर्थमा नबुझ्नू, अप्रेसनपछि म यत्तिकै सक्रिय भएर अगाडि बढ्छु भन्ने सन्देश उहाँले आफ्नो पार्टीभित्र र बाहिरकालाई पनि दिनुभएको छ।”
पढ्नुहाेस्
प्रधानमन्त्रीको भिडिओ सन्देश- ‘सपनालाई बीचमै अलपत्र पारेर म अलप हुन्न, ढुक्क हुनुस्’
" /> काठमाडौं। दोस्रोपटक मिर्गौला पत्यारोपण गर्न अस्पताल जानुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न भिडिओ सन्देश जारी गरे।त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुन जानुभन्दा ठिक अघि आफ्नै यूट्युब च्यानलबाट अपलोड गरिएको भिडिओ सन्देशमा प्रधानमन्त्री ओली उच्च आत्मबलमा प्रस्तुत भए। उनले भनेका छन्, “सपनालाई बीचमा अलपत्र पारेर म अलप हुन्न।”

">