पानी अझै पर्ने, यस्तो छ ३ दिनको मौसम अनुमान

काठमाडौं। भारतको उत्तर प्रदेश तथा बिहार आसपासको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले नेपालको केही भागमा सामान्य वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले देशको पूर्वी क्षेत्रमा हल्का वर्षा भइरहेको छ।

आज देशभर आंशिकदेखि सामान्य बदलि रहने साथै मध्य तथा पूर्वी भागका थोरै स्थानमा र पश्चिमी भागका एक/दुई स्थानमा हल्का वर्षा हुने संभावना भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आजदेखि ३ दिनको मौसम पूर्वानुमान यसप्रकार छ:

२० असोज :

दिउँसो: देशभरि आंशिकदेखि सामान्य बदलि रही मध्य र पूर्वका थोरै स्थानहरुमा र पश्चिम पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदलि रही मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।

२१ असोज :

दिउँसो : देशभरि आंशिकदेखि सामान्य बदलि रही मध्य र पूर्वका थोरै स्थानहरुमा र पश्चिम पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदलि रही मध्य र पूर्वका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

२२ असोज :

दिउँसो : देशभरि आंशिकदेखि सामान्य बदलि रही मध्य र पूर्वका थोरै स्थानमा र पश्चिमका एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदलि रही मध्य र पूर्वका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्