अमेरिका। विश्व अर्थतन्त्रमा प्रभाव गर्ने गरी फैलिएको कोरोना भाइरसको संक्रमणका कारण चीनमा केही समयदेखि उद्योग तथा कलकारखानाहरूका गतिविधि घोषित तथा अघोषितरूपमा बन्द भएका छन्।
अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार औद्योगिक गतिविधिहरूमा देखिएको अवरोध तथा सवारीसाधनहरूको आवागमनमा आएको कमीका कारण चीनको वुहान र वरपरका क्षेत्रमा प्रदूषणको मात्रा ह्वात्तै घटेको छ।
नासाको नक्शामा शुरूमा वुुहान र त्यसपछि वरपरका क्षेत्र हुँदै चीनभर नै प्रदूषणको मात्रा निकै तल झरेको वैज्ञानिकहरूले बताएका छन्। नासाका वैज्ञानिकले आफ्नो र यूरोपेली स्पेस निकायको स्याटेलाइटहरूले खिचेका तस्वीरलाई जम्मा गरी गरिएको अध्ययनमा यो वर्ष नाइट्रोजनडाइअक्साइडको तह झरेको पाइएको बताए। चीनमा कोरोना भाइरसको संक्रमणसँगै चीनले अपनाएको कडा नियन्त्रण प्रयासअन्तर्गत कारखानाहरूमा कम काम गरिएको छ र कैयौँ उत्पादकहरूले काम रोकेका छन्। नाइट्रोजन ग्यास खासगरी सवारीसाधन र कारखानाले उत्सर्जन गर्ने धूवाँमा पाइन्छ।
नासाका तस्वीरमा जनवरी र फेब्रुअरी महीनामा नाइट्रोजन डाइअक्साइडको तह घटेको देखिएको छ। सन् २०१९ को जनवरी र फेब्रुअरी महीनामा नासाले लिएको तस्वीरलाई तुलना गर्दा नाइट्रोजन डाइअक्साइडको तह घटेको देखिएको हो।
नासाका अनुसार हरेक वर्ष चिनियाँ नयाँ वर्ष पर्ने समय अर्थात् जनवरीको अन्त्यदेखि फेब्रुअरीमा चीनमा प्रदूषण केही घटेको पाइने गरेको तर, पर्व सकिएपछि पुनः बढ्ने गरेको वैज्ञानिकहरूको भनाइ छ।
नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टरमा वायुको गुणस्तर अनुसन्धानकर्ता फेइ लिउले भने, “कुनै घटनाका कारण यति ठूलो क्षेत्रमा यस्तो नाटकीयरूपमा प्रदूषण घटेको मैले पहिलोपटक देखेँ।” यस वर्ष विगतमा भन्दा प्रदूषण निकै मात्रामा घटेको र लामो समयका लागि घटेको लिउकाे भनाइ छ। “मलाई कुनै आश्चर्य लागेको छैन किनभने भाइरस संक्रमण फैलनबाट रोक्न देशभर अपनाइएका उपायका कारण प्रदूषणमा उल्लेख्य कमी आएको हो”, उनले भने। रासस-एएफपी
" /> अमेरिका। विश्व अर्थतन्त्रमा प्रभाव गर्ने गरी फैलिएको कोरोना भाइरसको संक्रमणका कारण चीनमा केही समयदेखि उद्योग तथा कलकारखानाहरूका गतिविधि घोषित तथा अघोषितरूपमा बन्द भएका छन्।अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार औद्योगिक गतिविधिहरूमा देखिएको अवरोध तथा सवारीसाधनहरूको आवागमनमा आएको कमीका कारण चीनको वुहान र वरपरका क्षेत्रमा प्रदूषणको मात्रा ह्वात्तै घटेको छ।

">