१५औं योजनामा २५ खर्बका १८ ‘गेमचेन्जर’ आयोजनाको सूची
<p>काठमाडौं। ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य साकार हुने गरी सरकारले करीब २५ खर्ब रूपैयाँका १८ आयोजनालाई ‘गेमचेन्जर आयोजना’ का रूपमा परिभाषित गर्दै १५औं पञ्चवर्षीय योजना स्वीकृत गरेको छ।</p>
<p>बालुवाटारमा १९ फागुनमा प्रधानमन्त्री तथा राष्ट्रिय योजना आयोगका अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको पूर्ण बैठकले २०७६/७७ देखि २०८०/८१ को विस्तृत दस्तावेजलाई परिमार्जनसहित स्वीकृत गरेको हो।</p>
<p>दस्ताबेजमा प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना, सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना, डिजिटल नेपाल, समृद्धिका लागि वन कार्यक्रम, पूर्व-पश्चिम राजमार्ग स्तरोन्नति आयोजना, गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक आयोजनाजस्ता १८ परियोजनालाई ‘गेमचेन्जर आयोजना’ (रुपान्तरणकारी) मा राखिएको छ।</p>
<p>आजको नयाँ पत्रिका दैनिकका अनुसार यो दस्ताबेज स्वीकृतसँगै अबको पाँच वर्षसम्म सरकारले यही योजनाका आधारमा आयोजना तर्जुमा, कार्यान्वयन र लक्ष्य हासिल गर्नुपर्नेछ।</p>
प्रतिक्रिया दिनुहोस्