नेपाल-बंगलादेश व्यापार अब बंगलाबन्ध नाकाबाट
काठमाडौं। नेपाल–बंगलादेश भन्सारस्तीय वार्तामा बंगलाबन्ध नाका प्रयोग गरेर बंगलादेशसँगको व्यापार गर्न दुवै देश सहमत भएका छन्।

१८-१९ फागुनमा ढाकामा भएको भन्सारस्तरीय वार्ताबाट यसअघि भारतको कलकत्ताबाट हुँदै आएको बंगलादेशसँगको व्यापार अब झापाको मेची भन्सार र बंगलादेशको बंगलाबन्ध नाकाबाट सिधै हुने सहमति भएको हो।

सहमतिअनुसार नेपालले पूर्वी व्यापारिक नाका झापाको मेची भन्सार सुधार गर्नु पर्ने छ।

यस्तै, बंगलादेशले बंगलाबन्ध नाकालाई व्यवस्थित र आधुनिक बनाइने छ।

दुई महीनाभित्र बैंक स्थापना तथा भन्सार नाकामा आवश्यक कर्मचारी राख्ने सहमति भएको वार्तामा नेपालको नेतृत्व गरिरहेका भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए।

दाहालका अनुसार हालसम्म नेपाल र बंगलादेशबीचको व्यापार बंगलाबन्ध नाकाबाट न्यून मात्रामा हुन्थ्यो। बंगलादेशले सामान लैजानु परे भारतको कलकत्ता नाका प्रयोग गर्न भन्दै आएको थियो।

मेची भन्सार र बंगलाबन्ध नाकाबीचको दूरी ३८ किलोमिटर छ। जसमा झण्डै ३५ किलोमिटर क्षेत्र भारतमा पर्छ। यदी यो नाकाबाट नेपाल र बंगलोदेशबीच सिधै व्यापार भएमा लागत र समय कम पर्न आउँछ।

यसअघि यस नाकाबाट अम्रिसो र चिया तथा तरकारीजन्य वस्तुलगायत थोरै परिमाणमा बंगलादेश निर्यात हुँदै आएको थियो।

तर, हालैको वार्तामा भएको सहमतिसँगै नेपालको मेची भन्सारबाट भारतको फूलबारी–पानीट्यांकी हुँदै बंगलादेशको बंगलाबन्ध नाकाबाट सिधै व्यापार हुने बाटो खुलेको छ।

ती व्यापारिक नाकामा आवश्यक पूर्वाधार निर्माणको लागि भारतसँग त्रिपक्षीय वार्ता गरिने छ।

मेची भन्सार र बंगलाबन्ध नाकाबीचको दूरी ३८ किलोमिटर छ। जसमा झण्डै ३५ किलोमिटर क्षेत्र भारतमा पर्छ।

यदी यो नाकाबाट नेपाल र बंगलोदेशबीच सिधै व्यापार भएमा लागत र समय कम पर्न आउँछ।

“यो नाका संचालनमा आए अब झापा, इलाम, ताप्लेजुङ र पाँचथरलगायत पूर्वी नेपालमा उत्पादन हुने तरकारी तथा फलफूलको निर्यात गर्न सकिने छ”, महानिर्देशक दाहालले भने।

बंगलादेश समुन्द्री सतहमा अवस्थित मुलुक भएकाले वर्षा याममा थोरै पानी परेपछि जमिन भासिने सम्भावना हुन्छ। यस्तो अवस्थामा त्यहाँ उत्पादनमा  ह्रास आउँछ।

व्यापारका लागि नयाँ बाटो खुलेसँगै नेपालबाट बंगलादेशतर्फ अलैँची र अदुवाको निर्यात बढ्ने छ।

नेपाल अलैँची र अदुवाको निर्यातकर्ता देशहरूमध्ये विश्वकै प्रमुख पाँचको सूचीसम्म अटाउँदै आएको छ।

यस्तै, आजदेखि ढाकामा हुने वार्ताबाट धागोको निर्यात खुले यही नाकाबाटै निर्यात गर्ने अनौपचारिक सहमति भएको छ।

हाल नेपालले वार्षिक १० अर्ब रुपैयाँभन्दा बढीको धागो निर्यात गर्न सक्ने क्षमता छ।

तर, धागोको उच्च माग रहेको बंगलादेशले धागो आयातमा प्रतिबन्ध लगाउँदा नेपाली धागोले अन्य बजार खोज्नु परेको छ।

गत वर्ष बंगलादेशले एक्रेलिक धागोको आयात खुलाए पनि बंगलादेशमा उक्त धागोको माग न्यून छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्