वसन्तपुरमा चीर ठड्याएसँगै शुरू भयो होली

काठमाडौं। फागु अर्थात् होली पर्व शुरू भएको संकेत गर्दै काठमाडौंको वसन्तपुरमा चीर ठड्याइएको छ।

आज बिहान ७ बजे ५७ मिनेटको साइतमा वसन्तपुरमा विधिपूर्वक चीर ठड्याइएको हो।

प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन विभिन्न रंगका कपडाका ध्वजापतकासहित सजाईएको बाँसको तीन खण्डे चीर ठड्याएपछि होली पर्व शुरू भएको मानिन्छ ।

तीन तले यो चीरलाई फागुन शुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सकिएको मानिन्छ।

चीर ठड्याइएसँगै स्थानीयहरूले हर्ष-बढाईँका साथ अबिर दलेर खुसी मनाएका छन्।

यस वर्षको होली काठमाडौंलगायत पहाडी जिल्लाहरूमा २६ फागुन र तराई मधेसका जिल्लाहरूमा २७ फागुनमा परेको छ।

सरकारले होली पर्व मनाउन सार्वजनिक विदा दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्