चितवनमा बन्यो थारु सांस्कृतिक संग्रहालय

चितवन। चितवनको रत्‍ननगर नगरपालिका–६ बछौलीमा थारु अनुसन्धान केन्द्रको भवन निर्माण गरिएको छ।

पर्यटकीय गन्तव्य सौराहामा स्थापना भएको थारु सांस्कृतिक संग्रहालयसँगैको अनुसन्धान केन्द्र नेपालमै पहिलो हो।

अनुसन्धान केन्द्रको नयाँ भवन गैरआवासिय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष जीवा लामिछानेले उद्‍घाटन गरे।

भवन निर्माणका लागि लामिछाने अध्यक्ष रहेको खेमलाल र हरिकला लामिछाने प्रतिष्ठानले १२ लाख ३१ हजार १६१ रूपैंया सहयोग गरेको छ।

यस्तै निर्वाचन क्षेत्र पूर्वधार विकास कार्यक्रमअन्तर्गत सांसद सुरेन्द्र पाण्डे र रुकमणि चौधरीबाट १० लाख रूपैंया, रत्ननगर नगरपिलका- ५, ६ र ७ बाट चार लाख रूपैंया, आन्तरिक स्रोतबाट पाँच लाख रूपैंया, स्वयंमसेवी विद्यार्थी फ्रान्सबाट दुई लाख रूपैंया सहयोग प्राप्त भएको संग्रहालयका अध्यक्ष वीरेन्द्र महतोले जानकारी दिए।

संग्रहालयमा अवलोकनका लागि विदेशी तथा स्वदेशी पर्यटक आउने गरेका छन्।

स्थानीय थारु समुदाय, राष्ट्रिय प्रकृति संरक्षण कोष र थारु सांस्कृतिक संग्रहालय मिलेर अनुसन्धान केन्द्रको स्थापना गरेका हुन्। रासस

प्रतिक्रिया दिनुहोस्