कोरोना भाइरस संक्रमणको प्रभावले अन्‍नपूर्ण पदमार्ग सुनसान 
मनाङ। कोरोना भाइरस संक्रमणको बढ्दो दरसँगै यसको प्रभावले अन्नपूर्ण पदमार्ग सुनसान बनेको छ।
लमजुङको सदरमुकाम बेँसीशहरबाट शुरू चक्रीय अन्नपूर्ण पदमार्ग कास्कीको पोखरा पुगेर सकिन्छ।
लमजुङ बेँसीशहर हुँदै खुदीभुलभुले, बाहुनडाँडा, जगतच्याम्चे, जगत भएर पर्यटक मनाङ आउने क्रम ठप्प भएको छ।
पर्यटनकै भरमा रहेका व्यवसायी र होटल व्यवसायी पर्यटन नआउँदा निराश भएका छन्।
"गत वर्ष अहिलेकै सिजनमा होटलका कोठाले नपुगेर टेन्टमा पर्यटक राख्नुपरेको थियो, अहिले सबै खाली नै छन्", पर्यटन व्यवसायी विनोद गुरुङ भन्छन्।
व्यवसायी मिङ्मार लामाका अनुसार दुई/चार दिन अगाडि एकदुई  पर्यटक देखिए पनि अहिले भने सुनसान नै छ।
जिल्ला प्रशासन कार्यालय मनाङ र अन्नपूर्ण संरक्षण क्षेत्रले कोरोनाबाट सम्भावित संक्रमण न्यूनिकरण गर्न सतर्क रहन अनुरोध गरेका छन्। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्